पहिरोले घर भत्किँदा तनहुँमा एक वृद्धाको मृत्यु-Sutra News

पहिरोले घर भत्किँदा तनहुँमा एक वृद्धाको मृत्यु

शनिबार, १५ जेष्ठ २०७८

शनिबार, १५ जेष्ठ २०७८

लगातार केही दिनदेखि परेको वर्षातका कारण पहिरो खस्दा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१ निर्मलनगर टोलकी ६२ वर्षीया सरस्वती घर्ती हुन्।
 
गए राति घर पछाडिको ठूलो ढुङ्गा खसेर घर भत्किँदा पहिरामा च्यापिएर वृद्धा घाइते हुनुभएको थियो । त्यहाँबाट उद्धार गरेर अस्पताल लैजाँदा उहाँको मृत्यु भएको वडाध्यक्ष खरसिं दरैले जानकारी दिए।
 
वृद्धासहित पाँचजनाको परिवार घरमा सुतिरहेका थिए । घर भत्किएपछि अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष दरैले जानकारी दिए। चारजना सकुशल रहेका छन् । घरको पछाडिपट्टिको भाग पूर्णरुपमा क्षति पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट