बर्खास्त भएका मन्त्रीहरूले अहिलेसम्म छाडेनन् मन्त्री क्वार्टर, कतिपय ‘रिन्यू’ हुने आशामा-Sutra News

बर्खास्त भएका मन्त्रीहरूले अहिलेसम्म छाडेनन् मन्त्री क्वार्टर, कतिपय ‘रिन्यू’ हुने आशामा

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

बर्खास्त भएको पाचौं दिनमा पनि पूर्व माओवादी पृष्ठभूमिका सांसदहरूले मन्त्री क्वार्टर छाडेका छैनन् ।



सर्वोच्च अदालतले गत बिहीवार गैरसांसद रहेका मन्त्रीहरूको दोस्रो नियुक्ति संविधानसम्मत नभएको भन्दै ७ जनालाई मन्त्रीबाट बर्खास्त गरिदिएको थियो ।

बर्खास्तमा परेका सातै जनाले यो समाचार लेख्दासम्म पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका छैनन् ।

Ram_Bahadur_Thapa_'Badal'-sutranews.jpg

अदालतले रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी, टोपबहादुर रायमाझी, दाबा लामा र मणि थापालाई मन्त्रीबाट बर्खास्त गरिदिएको थियो ।

dawa - gaurishankar - suntranews.jpg

ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरको व्यवस्थापन हेर्ने जिम्मा लिएको शहरी विकास मन्त्रालय स्रोतले अहिलेसम्म ७ जनामध्ये कसैले क्वार्टर छोडेको जानकारी मन्त्रालयमा नआएको बतायो ।

Lekhraj_Bhatta_sutranews.jpg

‘अहिलेसम्म उहाँहरूले मन्त्री क्वार्टर छाडेको जानकारी आएको छैन,’ एक अधिकारीले भने ।

७ मध्ये कतिपय नेताहरू पुनः मन्त्री बन्ने लाइनमा देखिन्छन् । संसद विघटन भइसकेपछि गैरसांसद पनि मन्त्री बन्न सक्ने उनीहरूको दाबी छ ।

तीमध्ये एक पूर्वमन्त्रीका सहयोगीले भने, ‘जसपासँग कुरा नमिलेर मात्र हो, नत्र उहाँहरूकै पुनःनियुक्ति भइसक्ने थियो ।’

पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का प्रेस संयोजक किरण भट्टराईले अहिलेसम्म बादलले क्वार्टर नछाडेको बताए । पुनः मन्त्री नियुक्त नभए बादल जोरपाटीस्थित आफ्नो निवास फर्किनेछन् ।

शहरी विकास मन्त्रालयबाट विदा भएका पूर्वमन्त्री प्रभु शाहका स्वकीय सचिव बालकृष्ण सापकोटाले पनि अहिलेसम्म शाहले क्वार्टर नछाडेको बताए ।

‘एक दुई दिनमा सर्नुहुन्छ होला,’ उनले भने ।

Ram_Bahadur_Thapa_'Badal'-sutranews.jpg

त्यस्तै मणि थापाका स्वकीय सचिव राजेन्द्र गौतमले पनि अहिलेसम्म थापाले क्वार्टर नछाडेको बताए । ‘अहिलेसम्म क्वार्टर छाड्नुभएको छैन,’ गौतमले भने, ‘छाडेपछि इमाडोलस्थित आफ्नै निवासमा सर्नुहुन्छ ।’

mani-thapa- sutranews.jpg

मन्त्री पदबाट बर्खास्त भएका दाबा लामा र गौरीशंकर चौधरीले पनि क्वार्टर छाडेका छैनन् । स्रोतका अनुसार उनीहरू आफ्नै घरमा बस्न थालेपनि सामान सारिएको छैन ।

dawa - gaurishankar - suntranews.jpg

मन्त्रालयका प्रवक्ता विष्णु प्रसाद शर्मा भने उनीहरूले क्वार्टर छोड्ने क्रममा रहेको दाबी गरे । ‘उहाँहरू मन्त्री क्वार्टर छोड्ने प्रकियामा हुनुहुन्छ । केही दिन त लागिहाल्छ नि !’ शर्माले सूत्रन्यूजसँग भने ।

टोपबहादुर रायमाझी र लेखराज भट्टले पनि अहिलेसम्म क्वार्टर नछाडेको स्रोतको दाबी छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट