मदन भण्डारीसँग बसेको फोटोमा बाबुरामले लेखे – स्वार्थको रोटी सेक्न छोडौं-Sutra News

मदन भण्डारीसँग बसेको फोटोमा बाबुरामले लेखे – स्वार्थको रोटी सेक्न छोडौं

सोमबार, ३ जेष्ठ २०७८

सोमबार, ३ जेष्ठ २०७८

जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले मदन भण्डारीसँग आफू बसेको फोटो ट्वीट गर्दै या त हत्याको दोषी पत्ता लगाउनुपर्ने, नत्र स्वार्थको रोटी सेक्न छाड्नुपर्ने बताएका छन् ।



मदन भण्डारी र जीवराज आश्रितको २७ औं स्मृति दिवसका दिन सोमवार डा. भट्टराईले मदनपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति र उत्तराधिकारी दाबी गर्ने केपी ओली प्रधानमन्त्री भएका बेला निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत राखेका छन् ।

‘२०५० जेठ ३ गते दासढुंगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन-आश्रितप्रति हार्दिक श्रद्धासुमन,’ उनले लेखेका छन्, ‘मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानवीन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं । नत्र उहाँहरूको नाउॅमा स्वार्थको रोटी सेक्न छोडौं !’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट