सञ्जुको ‘इन्द्रेणी स्पर्श’ बजारमा-Sutra News

सञ्जुको ‘इन्द्रेणी स्पर्श’ बजारमा

शनिबार, २१ चैत्र २०७७

शनिबार, २१ चैत्र २०७७

काठमाडौं- कथा र कविता लेखनमा सक्रिय लेखक सञ्जु अधिकारीको पहिलो उपन्यास ‘इन्द्रेणी स्पर्श’ प्रकाशन भएको छ ।



उपन्यासकार अधिकारीका अनुसार ‘इन्द्रेणी स्पर्श’ नारीहरुको आफ्नै कथा हो । यसमा नारी सँगसँगै आउने पुरुषको पनि कथा छ । उपन्यास प्रेम, नारी जीवनका भाव, नारी संवेदना, समाजको संस्कार, मान्यता र परम्परामाथि प्रश्न उठाउने नारी चरित्रमा केन्द्रित छ ।
उपन्यासमा प्रेमको स्पर्श छ ।

इन्द्रणी स्पर्श कलम प्रकाशनले प्रकाशित गरेको हो । उपन्यास बजारमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट