ओलीको दम्भले एकताको ढोका बन्दः माधव नेपाल-Sutra News

ओलीको दम्भले एकताको ढोका बन्दः माधव नेपाल

बुधबार, ४ चैत्र २०७७

बुधबार, ४ चैत्र २०७७

काठमाडौं- एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीको दम्भका कारण एकताको ढोका बन्द भइसकेको निष्कर्षमा पुगेको बताएका छन् ।



बुधबार आफूपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पछिल्लोपटक ओलीसँग भएको छलफलपछि ओलीको दम्भ नहटेको भन्दै त्यसपछि पार्टी एकताको ढोका बन्द भइसकेको निष्कर्षमा पुगेको बताएका हुन् ।

नेपालले ओलीसँग भएको वार्ताको प्रसंग उल्लेख गर्दै भने, ‘केपी ओली यो पार्टीलाई छिन्न भिन्न पार्न लागिरहनुभएको छ । उहाँको दम्भका कारण एकताको ढोका बन्द भइसकेको निष्कर्ष निकाल्यौ ।’

त्यसक्रममा उनले पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि एमालेको १० औ र ११ औं बैठक नराखी एकैचोटी १२ औं बैठक बोलाएको भन्दै कहाँ गए दशौं र एघारौं बैठक भनेर ओलीलाई प्रश्न समेत गरेका छन् ।

नेता नेपालले ओलीको व्यक्तिवादी, अहंकारी र स्वेच्छाचारी प्रवृत्तिका कारण पार्टीमा संकट आएको बताए ।

‘अहिले चैत ७ गते १२ औं बैठक बोलाइएको छ । कहाँ गयो १० औ र ११ औं बैठक रु नवौं बैठक बसेको थियो पहिले । एकैचोटी ७ गते १२ औं बैठक भनेर बोलाइयो । कारण के भन्दा यसबीचमा दुईवटा कागजमा सहि गराउनुभएछ दशौं र एघारौं बैठकका नाममा’ नेता नेपालले खुलाए ।

उनले विधान संशोधन र केन्द्रीय कमिटीमा मान्छे थप्ने निर्णय पनि आफूखुसी गरेको बताए । उनले ओलीसँग पछिल्लो पटक भएको छलफलमा समेत ओली फागुन २८ को निर्णयबाट पछि हट्न तयार नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट