प्रचण्ड र जसपाका नेताहरूबीच पेरिसडाँडामा छलफल-Sutra News

प्रचण्ड र जसपाका नेताहरूबीच पेरिसडाँडामा छलफल

बुधबार, २६ फाल्गुन २०७७

बुधबार, २६ फाल्गुन २०७७

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका छन् ।



पेरिसडाँडामा शीर्ष नेताहरूबीच सरकार गठनका विषयमा छलफल भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कांग्रेस र जसपाका नेताहरूसँग थप छलफल गर्ने निर्णय गरेको थियो ।

प्रचण्डले मंगलबार जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट