कविताः धर्तीले राजनेता पाएको दिन-Sutra News

कविताः धर्तीले राजनेता पाएको दिन

मंगलबार, ११ फाल्गुन २०७७

मंगलबार, ११ फाल्गुन २०७७

सपना देख्नकै लागि मात्र हो भन्नेलाई
साकार रूप तपाईं हो ।
अनेकौँ कठीन परिस्थितिमा पनि
सगरमाथा जस्तै एकढिक्का स्वरूप तपाईं हो ।



मैले जानी-नजानी राजनीतिक शब्द
बुझ्दै गर्दा शब्दसागर तपाईं हो ।
अरूको होइन बा, त्यो धरहरा जस्तै
उच्च छवि तपाईंको हो ।

त्यो रानीपोखरीको जस्तो
मनमोहक रूप तपाईंको हो ।
कलकल गर्दै बहने शुद्ध
त्यो मेलम्चीको पानी तपाईं हो ।

हो, जान्दैनन् जनता राजनीति सबै
तर उनीहरूको राजनेता तपाईं हो ।
सडकमा हिंड्दै गर्दा, त्यो झोलुङ्गे पुल तर्दै गर्दा
हो बा, त्यसको निर्माणकर्ता तपाईं मात्र हो ।

सुखी नेपाली समृद्ध नेपालको परिकल्पना
हो बा, उत्कृष्ट प्रधानमन्त्री तपाईं नै हो ।
लाखौं लाख युवा अनि विद्यार्थीको ढुकढुकी
अनि हाम्रो विश्वास हो बा, तपाईं मात्र तपाईं हो ।

यो बृद्ध अवस्था, आफ्नो बाल्यकाल
सपना देख्न बा आमाको साकार रूप तपाईं हो ।
वैदेशिक रोजगारीमा भएका लाखौं युवाको
आशा अनि भरोसाको एउटै केन्दबिन्दु तपाईं हो ।

हाम्रो आदर्श, यो देशको इतिहास
रच्नकै लागि जन्म तपाईंको हो ।
दलाल, देशद्रोही सक्नकै लागि
जन्म हो बा, तपाईंको हो ।

प्रत्येक जनताको मत अनि
त्यसको कदर तपाईं हो ।
सबैको अगाडि भन्न सक्छु बा म,
अब १० बर्ष प्रधानमन्त्री जनताले चाहेको तपाईं हो ।

दूरदर्शिता, पारदर्शीता, हाम्रो सपना, हाम्रो भरोसा
हो बा, तपाईं मात्र, केवल तपाईं हो ।
यो धर्तीले राजनेता पाएको दिन
बा, आज तपाईंको जन्मदिन ।

हार्दिक शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट