प्रेमबहादुर बोहराको पहिलो कृति ‘कोग्ले’ सार्वजनिक-Sutra News

प्रेमबहादुर बोहराको पहिलो कृति ‘कोग्ले’ सार्वजनिक

आइतबार, २ फाल्गुन २०७७

आइतबार, २ फाल्गुन २०७७

काठमाडौं- युवा लेखक प्रेमबहादुर बोहराको पहिलो कृति ‘कोग्ले’ को विमोचन गरिएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा कृतिको विमोचन गरिएको हो ।



लेखक राधा पौडेल, राजनीतिज्ञ प्रशान्त सिंह, कवि प्रणिका कोयू र कृतिकार बोहराले संयुक्त रूपमा ‘कोग्ले’ को विमोचन गरे ।

कार्यक्रममा बोल्दै लेखक राधा पौडेलले कृति उत्कृष्ट रहेको बताइन् । कृति पढेपछि कर्णाली र डोल्पालाई नजिकबाट जान्न सकिने उनको भनाइ छ ।

यस्तै कृतिकार बोहराले बाल्यकालका रमाईला किस्सा, स्कुल पढ्नका लागि संघर्ष, एसएलसीपछि शहरमा रुमलिएको मात्र होइन, शहरबाट हेर्दा देखिएको कर्णालीको चित्र र त्यो भित्र पनि उनले चिहाएको संसार र अर्थाएको कर्णाली पनि रहेको बताए ।

डोल्पाको माझफालमा जन्मिएका बोहरा सन् २००८ देखि सामाजिक काममा संलग्न छन् । शिक्षा नेपालका संस्थापक, एक किताब, होप र समुन्नत कर्णाली अभियानका अभियन्ता उनी कर्णाली समाजका अध्यक्ष समेत हुन् ।

उनी पछिल्लो समय राजनीतिमा सक्रिय छन् । सांग्रीला बुक्सबाट प्रकाशित उक्त कृति बजारमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट