भृकुटीमण्डपमा ‘बृहत् पुस्तक मेला’ आयोजना हुँदै-Sutra News

भृकुटीमण्डपमा ‘बृहत् पुस्तक मेला’ आयोजना हुँदै

आइतबार, २५ माघ २०७७

आइतबार, २५ माघ २०७७

काठमाडौं- भृकुटीमण्डपमा आइतबारदेखि ‘बृहत् पुस्तक मेला’ आयोजना हुँदैछ ।



कोरोना कहरपछिको समयमा पुस्तक प्रबर्द्धन र पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक मेला आयोजना गरिएको मेला आयोजक कमिटीले जानकारी दिएको छ ।

मेलामा काठमाडौंका ५० भन्दाबढी प्रकाशन संस्थाका पुस्तक बिशेष छुटमा उपलब्ध हुने र मेला अवधिमा विभिन्न नयाँ पुस्तक पनि विमोचन हुने जनाइएको छ ।

लेखकसँग साक्षात्कार कार्यक्रमहरु पनि राखिने आयोजकले जानकारी गराएको छ ।

फागुन १० सम्म चल्ने मेलामा सबै प्रकाशन संस्थाको किताब उपलब्ध हुनेछ र १५ प्रतिशत देखि ४० प्रतिशतसम्म छुटमा किताबहरु बिक्री गरिनेसमेत जानकारी गराइएको छ ।

कोरोना कहर पछिको विषम परिस्थितिमा प्रकाशन संस्थाहरु समस्याबाट गुज्रिरहेको अवस्थामा पुस्तक मेलाले उत्साह थप्ने विस्वास आयोजकले लिएको छ ।

पुस्तक मेलामा सबैको सहभागिता र सहयोगको लागि आयोजक कमिटीले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट