राजेन्द्र बिमल र बिमला तुम्खेवा सम्मानित-Sutra News

राजेन्द्र बिमल र बिमला तुम्खेवा सम्मानित

आइतबार, १८ माघ २०७७

आइतबार, १८ माघ २०७७

काठमाडौं- नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले वरिष्ठ साहित्य साधक डा.राजेन्द्र बिमललाई प्रतिभा सम्मान र युवा कवि बिमला तुम्खेवालाई प्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ । प्रतिष्ठानले शनिबार काठमाडौंमा विशेष कार्यक्रम गरी स्रष्टाद्वयलाई सम्मानित गरेको हो ।



कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गााप्रसाद उप्रेतीले १ लाख रुपैयाँ नगदसहित कवि तुम्खेवालाई प्रतिभा पुरस्कारबाट पुरस्कृत गरे ।

वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलका तर्फबाट सम्मान लिन उनका छोरा उपस्थित थिए । प्रतिभा सम्मानको राशी ५० हजार रुपैया रहेको छ ।

दुवै स्रष्टालाई नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएवापत् सम्मानित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट