नेकपा विवादः अध्यक्ष ओलीले छुट्टै प्रतिवेदन पेश गर्ने-Sutra News

नेकपा विवादः अध्यक्ष ओलीले छुट्टै प्रतिवेदन पेश गर्ने

बुधबार, ३ मंसिर २०७७

बुधबार, ३ मंसिर २०७७

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । विवाद र असहमतिकैबीच बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको हो ।



NCP_Secretariat.jpg

अब बस्ने बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने भएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै आफ्नो मत पार्टीमा राखिसकेका छन् । 

गत कात्तिक २८ गते शुक्रबार बसेको नेकपा सचिवालय बैठक आज बुधबार सम्मका लागि स्थगित गरिएको थियो । उक्त बैठकमा पाँच जना सचिवालय सदस्यद्वारा ओलीलाई बुझाएको पत्र, ओलीले प्रचण्डलाई पठाएको पत्र, प्रचण्डले ओलीलाई पठाएको पत्र, सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको १९ पेज लामो प्रस्ताव र गत असारदेखि भदौ २६ गतेसम्म बसेको स्थायी कमिटीको बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशिका अध्ययन गर्नका लागि सदस्यहरूलाई बाँडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट