रोनाल्डोको युभेन्टस यात्रा : असफल एक्स्पेरिमेन्ट, युभेन्टसको आर्थिक चंगोलको सिकार-Sutra News

रोनाल्डोको युभेन्टस यात्रा : असफल एक्स्पेरिमेन्ट, युभेन्टसको आर्थिक चंगोलको सिकार

सोमबार, ५ असोज २०७७

सोमबार, ५ असोज २०७७

काठमाडौं- कृष्टियानो रोनाल्डो फुटबल जगतमा सफलतै सफलताले भरिपूर्ण नाम हो।पोर्चुगलको राष्ट्रीय टिमबाट नेसन्स लिग र युरोकपको उपाधी जितिसकेका उनले क्लब फुटबलमा झन अनेकौँ सफलताको गाथा कोरिसकेका छन।च्याम्पियन्स लिग इतिहासकै सर्वाधिक गोलकर्ता उनलाई `मिस्टर च्याम्पियन्स लिग´भनेर सम्बोधन गर्ने समर्थक र फुटबल पन्डितहरु धेरै छन।उनले हालसम्म च्याम्पियन्स लिगमा १ सय ३० गोल गरेर पाँच वटा उपाधी जितिसकेका छन।त्यसैले पनि उनलाई र च्याम्पियन्स लिगको पर्यायवाची मान्नेहरु धेरै छन।



अन्तराष्ट्रीय फुटबलमा सय गोलको कोषेढुङ्गा पार गरिसकेका रोनाल्डोले म्यानचेष्टर युनाइटेड रहँदा लगातार तीन पृमियर लिग र च्याम्पियन्स लिग लगायत उपाधी जित्न सफल भएका थिए।त्यसपछी उनी सन २००९ मा तत्कालिन समयमा फुटबल इतिहासकै सर्वाधिक महङ्गो खेलाडी बनेर रियल मड्रीड आएका थिए।रियलमा नौ सिजन बिताएका रोनाल्डोले यस बीचमा आफ्नो सफलतालाई चुलिमै पुर्याउन सफल भए।रियलबाट उनले चार वटा च्याम्पियन्स लिग र चार वटै ब्यालोन्डिआर जित्न सफल भए।लालिगामा खेल संख्या भन्दा गोल संख्या बढी गरेका रोनाल्डोले सन २०१८ मा सिजनको अन्त्यसँगैरियल मड्रीड छोडेर सबैलाई आश्चर्यमा पार्दै इटालियन जायन्ट युभेन्टसमा आबद्ध भएका थिए।

आफुले इङ्गलिश पृमियर लिग र लालिगा टिममा रहेर सबै चुनौती पार गरिसकेकोले अब नयाँ चुनौतिको सामना गर्न उनी इटाली आएको बताएका थिए।त्यसताका चौतर्फी रुपमा रोनाल्डोको खुबै तारिफ भएको थियो। रोनाल्डोले नयाँ चुनौती सामना गर्न इटाली पुगेको तर मेस्सी लामो समयसम्म एकै क्लबमा बसेर बाहिरी चुनौती सामना गर्न कहिल्यै तयार नभएको भन्दै मेस्सीको धेरै आलोचना भएको थियो।उनलाई स्पेन बाहिर गएर फुटबल खेल्न नसक्ने भन्दै आलोचना गरिएको थियो।

धेरैले रोनाल्डोले साँच्चिकै चुनौती सामना गर्न तयार भएको भए युभेन्टस नभई अरु कमजोर क्लबमा गएर त्यो क्लबलाई उपाधी जिताउनु पर्ने भन्दै मेस्सीको बचाउ गरेका थिए।अहिले सम्म पनि रोनाल्डोले किन रियल छाडे भन्ने बारे बहस सकिएको छैन।रोनाल्डोले रियलसँग मेस्सीले बर्सिलोनामा पाइरहेको बराबरको तलब आफुले पनि पाउनु पर्ने भनेर क्लब समक्ष माग गरेका थिए।तर रियलले उनको माग अस्विकार गरेपछी क्लब र उनीबीच असमझदारी बढेको र उनले क्लब छाडेको खबर स्पेनिस सन्चार माध्यमहरुले सम्प्रेषण गरेको थियो। रोनाल्डोले जुन सुकै कारणले रियल छाडेको भएपनि त्यो अब ईतिहास भैसकेको छ।

रोनाल्डोले इटाली पुगेपछी आफू युभेन्टसबाट च्याम्पियन्स लिग जितेर नयाँ चुनौती पूरा गर्ने दृढ इच्छा व्यक्त गरेका थिए।उनी टुरिन पुगेर दुई सिजन पूरा भइसकेको छ भने अब उनी तेस्रो सिजनको सुरुवात गर्दै छन।च्याम्पियन्स लिग जित्ने महत्वाकांक्षा बोकेर युभेन्टस पुगेगा रोनाल्डो दुबै सिजन उपाधी आसपास पनि पुग्न सकेनन अर्थात उनी सेमि फाइनलसम्म पनि पुग्न सकेनन।पहिलो सिजन अन्तिम १६ बाट बाहिरिएका रोनाल्डो दोस्रो सिजन क्वार्टरफाइनलबाट बिदा भए।

रोनाल्डो यसपाली च्याम्पियन्स लिग टिम अफ द सिजनमा सन २००८ पछि पहिलोपल्ट पर्न असफल भए ।यद्यपि उता मेस्सीसमेत यस टिममा पर्न असफल भएका छन।`च्याम्पियन्स लिग किङ ´को उपमा पाएका रोनाल्डो लगातार दुई सिजन निरीह बन्दै युइएफए को टिम अफ द सिजनमा समेत पर्न असफल भए पछि अहिले रोनाल्डो माथी फेरि बहस सुरु भएको छ।केही दिन अघि युइएफएले सार्वजनिक गरेको टिम अफ द सिजनमा विजेता बार्यन म्युनिख र उपविजेता पिएसजीका खेलाडिहरुको वर्चस्व रहँदा च्याम्पियन्स लिगको सर्वाधिक सफल खेलाडी रोनाल्डोमाथी अनेकौँ टीका टिप्पणि भइरहेको छ।

रोनाल्डोलाई भित्र्याउने बेलामा युभेन्टसले पनि आफुहरुको पहिलो उद्देश्य भनेकै च्याम्पियन्स लिगको उपाधी जित्नु रहेको बताएको थियो।सन १९९६ देखि च्याम्पियन्स लिग जित्न नसकेको युभेन्टसले रोनाल्डो भित्र्याएपछी धेरैले युभेन्टसले च्याम्पियन्स लिग जित्ने विश्वास व्यक्त गरेका थिए।गत दुई सिजनमा फुटबल विश्लेषकहरुले युभेन्टसलाई च्याम्पियन्स लिगको प्रमुख दाबेदार टिम भन्दै घोषणा गरेका थिए।तर ठिक यसको विपरित उस्ले च्याम्पियन्स लिगमा आफ्नो दरिलो उपस्थिती पनि देखाउन सकेन।दुबै सिजन तुलनात्मकरुपमा कमजोर टिमको सिकार बन्दै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो।

अहिले आलोचकहरु युभेन्टसले रोनाल्डोलाई भए सम्म टिमलाई उपाधी जिताउने नभए क्लबको व्यापारमा फाइदा पुर्याउने हिसाबले मात्रै भित्र्याएको आरोप लगाउन थालेका छन।उनिहरुले रोनाल्डोलाई आफ्नो `इकोनोमिक डृम प्लेयर´को रुपमा भित्र्याएकोले युइएफए टिम अफ द सिजनमा नपरेको भन्दै भद्दा मजाक समेत गरिरहेका छन।यी आलोचनाहरु भद्दा मजाक खालका छन तर तथ्यगतरुपमा हेर्ने हो भने यो तितो सत्य हो।रोनाल्डो फुटबलरहरु मध्य सबै भन्दा धेरै फ्यान फलोअर्स रहेका खेलाडी हुन।सामाजीक सन्जाल इन्स्टाग्राममा मात्रै उनको २ सय मिलियन भन्दा बढि फलोअर्स छन।।रोनाल्डोको नामको जर्सी,जुत्ता,टोपी लगायतका सामग्री किन्नेहरु संसारमा करोडौँ छन।यसबाट उनलाई अनुबन्ध गर्ने टिमलाई प्रत्यक्षरुपमा ठूलो फाइदा पुग्दछ।

सन २०१८ मा रोनाल्डो अनुबन्ध गरेकै भोलिपल्ट युभेन्टसको क्लब सेयरको नाफामा एक्कासी सात प्रतिशतले वृद्धि भएको थियो।त्यसपछी क्रमश रोनाल्डोका नामका सामग्रीहरु अप्रत्याशित रुपमा बिक्री हुन थालेपछी क्लबले राम्रो आम्दानी गरिरहेको छ।युरोपको सबै भन्दा ठूलो आर्थिक मन्दी बेहोर्ने मध्य युभेन्टस चौथोमा पर्दछ भने सबै भन्दा धेरै ऋण भएको मध्य दोस्रोमा पर्दछ।रोनाल्डोको आगमनले उसलाई ठूलो राहत भएको र रोनाल्डोलाई आर्थिक समृद्धिको लागि नै भित्र्याएको विश्लेषकहरुको दाबी रहेको छ।अर्कातिर युभेन्टसको मिडफिल्डर युरोपको कमजोर मिडफिल्ड मानिन्छ र वास्तविकता पनि यहि हो।मिडफिल्डको कमजोरिलाई बेवास्ता गर्दै रोनाल्डोलाई भित्र्यानाले पनि वापारिक प्रयोजन मात्रै प्रमुख भएको उनीहरुको धारणा रहेको छ।

रोनाल्डोले टुरिन पुगेपछी आफू नयाँ चुनौती सामना गर्न त्यँहा पुगेको भन्दै मेस्सीलाई पनि नयाँ गन्तव्य र नयाँ चुनौती खोज्न सुझाव समेत दिएका थिए।तर रोनाल्डो स्वयंले उनले भनेको चुनौती पूरा गरिनसकेको भन्दै आलोचकहरुले उनको खन्डन गरिरहेका छन।

सन २०१५/१६ को सिजन युभेन्टसले लगातार च्याम्पियनस लिगको फाइनल खेलेको थियो।त्यसको ठिक एक सिजन पछि रोनाल्डो युभेन्टस पुगेपछी त्यति बलियो युभेन्टस एकाएक तल झर्न थाल्यो।रोनाल्डो गएपछि युभेन्टस पुगेपछी युभेन्टसले आफ्नो खेल शैली छोडेर रोनाल्डो केन्द्रीत फुटबल खेल्न थालेकोले पटक पटक खराब नतिजाको खराब नतिजाको सिकार बन्न परेको आरोप लागिरहेको छ।

जसरी पनि रोनाल्डोलाई नै गोल हान्न दिनु पर्ने मनस्थितिले गर्दा अरु खेलाडीले गोल गर्न खास प्रयास नगर्ने अनि रोनाल्डोले पनि सँधै गोल गर्न नसक्दा टिमले हार्ने गरेको उनिहरुको आरोप रहेको छ।आलोचकहरुकै कुरा सुन्ने हो भन्ने पछिल्ला सिजनहरुमा युभेन्टसले गरेका गोलहरुमा अधिकांश गोल गोल रोनाल्डोको नाममा छ।उनको लागि यो राम्रो तथ्यांक हो तर उनले महत्वपूर्ण खेलमा यसलाई निरन्तरता दिन सकेनन।च्याम्पियन्स लिगमा रोनाल्डोले पर्याप्त गोल गर्न सकेका छैनन।एकै सिजनमा १७ गोलसम्म गरेका रोनाल्डोले गत सिजन पाँच गोल मात्रै गरेका थिए ।

रोनाल्डोले इटाली पुगेर एउटा इटालियन सुपरकप र लगातार दुई वटा सिरि ए जितिसकेका छन भने कोपा इटालिया लगायत दुई वटा फाइनल हारेका थिए। तीन वटा छुट्टा छुट्टै लिगमा लिग उपाधी जितेको हुनाले उनले क्लब फुटबलको सबै चुनौती पार गरिसकेको भन्दै प्रशंसा गर्ने हरु कैयौँ छन।

तर लगातार सात सिजनसम्म सिरि ए जितिसकेको क्लबमा गएर दुइ लिग उपाधी जित्दैमा रोनाल्डोले भनेको चुनौती पूरा नभएको भन्दै कटु आलोचना गर्नेहरुको ठूलो जमात पनि छुट्टै रहेको छ।रोनाल्डोले भनेकै चुनौती पूरा गर्न रोनाल्डोले युभेन्टसबाट च्याम्पियन्स लिग नै जित्नु पर्ने उनीहरुको जिकिर रहेको छ।उनले इटाली गएर च्याम्पियन्स लिगमा गतिलो उपस्थिती पनि देखाउन नसकेकोले उनको युभेन्टस यात्रा असफल भएको उनीहरुको दाबी रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट