देउवालाई पौडेलको प्रश्न- के कुरामा असहयोग गरेँ, भन्न सक्नुहुन्छ? (अन्तर्वार्ता) -Sutra News

देउवालाई पौडेलको प्रश्न- के कुरामा असहयोग गरेँ, भन्न सक्नुहुन्छ? (अन्तर्वार्ता) 

शुक्रबार, २ असोज २०७७

शुक्रबार, २ असोज २०७७

काठमाडौं- पार्टीको १४औं महाधिवेशन ०७७ फागुन ७-१० मा काठमाडौंमा गर्ने निर्णय गरेपछि नेपाली कांग्रेस महाधिवेशनको तयारीमा जुटेको छ। तर, कोरोना महामारीका कारण निर्धारित मितिमा महाधिवेशन हुने निश्चित छैन।



महाधिवेशनको विषयमा पार्टीको संस्थापन र इतर पक्षबाट फरक-फरक धारणा बाहिरिएका छन्। सभापति शेरबहादुर देउवा महाधिवेशन सार्ने पक्षमा छन् भने इतर पक्ष तोकिएकै मितिमा महाधिवेशन गराउनुपर्ने पक्षमा छ।

कांग्रेसको आगामी महाधिवेशन, सधैंजसो देखिने आन्तरिक कलह लगायतका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सूत्रन्युजले गरेको कुराकानी:

कोरोना महामारीबाट विश्व गुज्रिरहेको छ। हाम्रो सरकार पनि कोरोनाविरुद्ध संघर्ष गरिरहेको छ। तपाईँहरू पनि सबै मिलेर कोरोनाविरुद्ध एक हुनुपर्ने बेलामा सभापतिलाई ‘यो भएन, त्यो भएन’ भनेर पेलिरहनुभएको छ। किन?

यो तपाईँको पूर्वाग्रही प्रश्न हो। प्रश्न नै गलत भयो। मैले पेलेको छैन। कोरोनाको कुरा अहिले आएको हो। २-३ वर्षअघि कोरोना थिएन। त्यो बेला पार्टीको काम नगर्ने, अहिले कोरोनालाई बहाना बनाउने? कहिले कोरोना देखाउने, कहिले बाढी पहिरो देखाउने, कहिले आगलागी देखाउने। अनेक बहाना बनाएर पार्टी नियमित काम पनि टार्दै जान कहाँ मिल्छ?

सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकालमा तपाईँको पक्षबाट असहयोग मात्रै भयो भन्ने संस्थापन पक्षका कतिपय नेताहरूको भनाइ छ नि!

हामीले असहयोग गरेका छैनौं। काम गर्न नसकेर उहाँहरूले बहानामात्रै बनाउनुभएको हो। हामीले के कुरामा असहयोग गरेका छौं, उहाँले भन्नसक्नु हुन्छ?

एक महिनामा सकिने समायोजन एक वर्ष हुँदा पनि किन गर्न नसकेको? केही नगरी बस्ने, अनि सबैले जे भन्छन्, त्यही गर्ने भनेर टार्न पाइन्छ? उम्किन पाइन्छ?

‘पार्टीको विधान मिच्न भएन, सही समयमा सही काम गर्नुपर्‍यो’ भनेका हौं। मैले ‘पार्टीको काम सही सयमा गर्दै जाऊँ’ भन्दै आइरहेको छु। यो कुरा कार्यसमितिमा पेस गरेँ। महासमितिमा पेस गरेँ। मैले सधैं भनिरहेको छु, ‘समयमै काम नगर्दा पछि बर्बाद हुन्छ, बिग्रन्छ है!’

अधिवेशनको समय लम्बिदै गयो भने चुनावले घेर्छ। चुनावको तयारी गर्न पाइँदैन भनेको भन्यै छु। यसलाई पनि असहयोग भन्न मिल्छ? 

पार्टी सभापतिविरुद्ध हस्ताक्षर अभियानै चलाउनु भएको भन्ने खबर आएको छ। साँच्चै हो?

कसले भन्यो यस्तो कुरा? यस्तो गलत हल्ला कसले र किन चलाउँछ कुन्नि!

तयारी त हो नि!

यो त अस्ति नै देखिको कुरा हो। अहिले महामन्त्री बिरामी हुनुहुन्छ। समय उपयुक्त छैन।

महाधिवेशन तोकिएकै समयमा हुन्छ त?

६ महिना के गरेर बस्ने- हात बाँधेर?  धेरैजसो जिल्लामा क्रियाशील सदस्यता टुङ्गिसकेको छ। बाँकी रहेका जिल्लामा केन्द्रीय कार्यालयले तातो लगाउनुपर्छ। केन्द्रीय नेतृत्व सभापति शेरबहादुरजीले गर्नु पर्दैन? कुन-कुन जिल्ला किन अलमलियो? त्यसलाई हेर्नुपरेन? वास्तै नगर्ने?

कोरोना महामारीकाबीचमा महाधिवेशन गर्दा झन् जोखिम बढ्दैन र?

जोखिम बढ्दैन। दुनियाँमा चुनाव भइरहेका छन्। अमेरिकाले चुनावको तयारी गर्दैछ। हाम्रो त मार्च (फागुन)मा हो नि महाधिवेशन।

केही दिनअघि सभापतिले ‘महाधिवेशन सार्ने भए सारौं, म विधानविपरित अगाडि बढ्दिनँ’ भन्नुभएको थियो। यसप्रति तपाईँको धारणा के छ?

हाम्रो गम्भीर आपत्ति नै यही हो। महाधिवेशन गराउन उहाँले प्रयत्न गर्नुपर्छ। कहाँ-कहाँ समायोजन रोकियो? जिल्लाका सभापतिहरूलाई तातो लगाएर तुरुन्तै टुङ्ग्याउनुपर्छ। एक महिनामा सकिने समायोजन एक वर्ष हुँदा पनि किन गर्न नसकेको? केही नगरी बस्ने, अनि सबैले जे भन्छन्, त्यही गर्ने भनेर टार्न पाइन्छ? उम्किन पाइन्छ?

तपाईँको केही हप्ताअघि ‘सहमतिमै सभापतिको उम्मेदवार चयन गर्छौं’ भन्नुभएको थियो। यसको टुंगो लाग्यो या छलफल हुँदैछ?

महाधिवेशन नै सुनिश्चित गर्ने कुरामा हाम्रो प्रयास छ। उम्मेदवारका विषयमा हामी छलफलमै छौं।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट