लुइस सुवारेजको गन्तव्य एट्लेटिको मड्रिडतिर, फ्री ट्रान्सफरमा बार्सिलोना छाड्ने-Sutra News

लुइस सुवारेजको गन्तव्य एट्लेटिको मड्रिडतिर, फ्री ट्रान्सफरमा बार्सिलोना छाड्ने

शुक्रबार, २ असोज २०७७

शुक्रबार, २ असोज २०७७

काठमाडौं- बार्सिलोनाले नयाँ प्रशिक्षकमा रोनाल्ड कोमनलाई नियुक्त गरेपछि बार्सिलोनाका स्टार फर्वार्ड लुइस सुवारेजले टिममा स्थान बनाउन सकेका छैनन्। कोमनले उनलाई टिममा नराख्ने र गन्तव्य अन्त खोज्न भनेर स्पष्ट रुपमा भनेका थिए। उनले सुवारेजको सट्टामा एटलेटिको मड्रिडबाट बार्सिलोना आएर गत सिजनदेखि संघर्षरत एन्टोइन ग्रिजम्यानलाई पहिलो रोजाईमा पार्ने बताएका थिए।



फ्रान्सेली क्लब लियोनबाट फर्वार्ड मेम्फिस डिपाइ र लिभरपुलका मिडफिल्डर जर्जिनियो आइनाल्डम भित्राउनलाई आर्थिक सहायताको लागि पनि उनले जसरी पनि सुवारेजलाई बेच्नैपर्ने पक्षमा छन् उनी। बार्सिलोनाले अहिलेसम्म दुई वटा प्रिसिजन खेल खेल्दा पनि सुवारेजलाई स्थान राखिएको छैन। उनको स्थानमा ग्रिजम्यानले नै खेलिरहेका छन्। हालसम्म खेलेका खेलमा ग्रिजम्यानले पनि खास प्रभाव पार्ने संकेत दिइरहेका छन्। जिम्न्यास्टिकसँगको खेलमा मेस्सीले उनलाई पेनाल्टी हान्ने अवसर दिएका थिए। जसमा उनले गोल गर्न सफल भएका थिए। पछिल्ला खेलमा पनि उनले मेस्सी, कौटिन्हो र ट्रियान्कोसँग राम्रो साझेदारी गरेका थिए।

कोमनको आगमनपछि लुइस सुवारेजको भविष्यको बारेमा धेरै नै चर्चा भइरहेको छ। उनलाई इटालियन क्लब युभेन्टसले भित्र्याउने भनेर सञ्चारमाध्यमहरुले खबर छापिरहेका थिए। तर लुइस सुवारेजको इटाली जाने सम्भावना सकिसकेको छ। किनभने युभेन्टसले सुवारेजलाई छाडेर एडिन जेकोलाई अनुबन्ध गर्ने पक्का भइसकेको छ। यद्यपि विभिन्न सञ्चार माध्यमहरुले सुवारेज बिहीबार इटालियन पासपोर्टको लागि परीक्षा दिन गएको र युभेन्टससँग अन्तिम डिल पक्का भइसकेको सम्मको खबरहरु छापेका थिए।

twit.jpgयुभेन्टस निकट इटालियन पत्रकार फाब्रिजियो रोमानोले ट्विटरमार्फत् सुवारेज युभेन्टस आउने रेस सकिएको जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘एट्लेटिको मड्रिड लुइस सुवारेजका लागि कदम चालिरहेको छ। यो सजिलो छैन तर असम्भव पनि होइन, यदि बार्सिलोनाले उनलाई फ्री ट्रान्सफरमा छोड्छ भने। सुवारेजलाई पाउँदा सिमोनी खुसी हुनेछन्। युभेन्टस आफ्नो प्राथमिकताको जेकोलाई साइन गरेपछि यो रेसबाट बाहिरिएको छ।’

स्पोर्ट स्किडाले लेखेअनुसार पछिल्लो समय एट्लेटिको मड्रिडमा अल्भेरो मोराटा र डिएगो कोष्टाले खासै प्रभावकारी प्रदर्शन गर्न सकेका छैनन्। टिमलाई आवश्यक पर्दा गोल पनि गर्न सकिरहेका छैनन्। यो अवस्थामा एट्लेटिको युवा फर्वार्ड जाओ फेलिक्सका लागि उपयुक्त जोडीको खोजीमा छ। ‘सिमोनीलाई लुइस सुवारेजको क्षमता र आक्रमक दृष्‍टिकोण एट्लेटिको मड्रिडलाई उपयुक्त हुन्छ भन्ने राम्ररी थाहा छ’ खबरमा लेखिएको छ।

बार्सिलोनाको स्टार फर्वार्डको अझै पनि क्लबमा एक सिजनको सम्झौता बाँकी छ। त्यसैले उनी बार्सिलोना नछाड्ने पक्षमै छन्। आफूलाई क्लबले जबर्जस्ती निकाल्न खोजे आफूले फ्री ट्रान्सफरमा क्लब छोड्न पाउनुपर्ने माग गर्दै आएका छन्।

गोल डटकमले स्पेनिस सञ्चार माध्यमले दिएको जानकारी भनेर लेखेको छ, ‘तात्कालीन लिभरपुलका स्ट्राइकर आफ्नो १४ मिलियन तलबसहित फ्रीमा छोड्न चाहन्छ। यही कुरा क्लबका लेजेन्ड खेलाडी जाभी र इनिएस्टाको हकमा पनि भएको थियो।’

तर खबरअनुसार जाभी र इनिएष्टालाई युरोप बाहिरका टिममा खेल्ने सर्तमा मात्रै पूरा तलब दिएको थियो। उनी एटलेटिको गय बार्सिलोनाको नियमित प्रतिष्पर्धी हुन सक्छन् र स्पेन बाहिर अरु युरोपियन देश गए पनि उनी च्याम्पियन्स लिगमा बार्सिलोनाको प्रतिस्पर्धी हुन सक्छन्। त्यसैले लुइस सुवारेजको हकमा पनि त्यही हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट