मैत्रीपूर्ण खेलमा बार्सिलोनाको सहज जित, मेस्सीको दुई गोल-Sutra News

मैत्रीपूर्ण खेलमा बार्सिलोनाको सहज जित, मेस्सीको दुई गोल

बिहिबार, १ असोज २०७७

बिहिबार, १ असोज २०७७

एजेन्सी– नयाँ सिजनको तयारीमा रहेको स्पेनिस क्लब बार्सिलोनाले मैत्रीपूर्ण खेलमा जीत हासिल गरेको छ। गएराति भएको खेलमा मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोनाले जिरोनालाई ३–१ गोलअन्तर्गतले पराजित गरेको हो।



बार्सिलोनाबाट बाहिरिन चाहेपनि सफल नभएपछि मेस्सी गत साता मात्रै प्रशिक्षणमा फर्किएका थिए। मेस्सीले फिलिप कोन्टिन्होको गोलका लागि पनि पास उपलब्ध गराएका थिए।

बार्सिलोनाले ला लिगामा आफ्नो नयाँ सिजनको सुरुवात अर्को साता भिल्लारियलविरुद्धको खेलबाट गर्ने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट