टिकटकलाई ओरकल कम्पनीले किन्ने-Sutra News

टिकटकलाई ओरकल कम्पनीले किन्ने

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

एजेन्सी- टिकटकले अमेरिकी व्यवस्थापन किन्ने माइक्रोसफ्टको प्रस्तावलाई अस्वीकार गरेपछि ओरकल कम्पनीका लागि अन्तिम समयमा प्रस्ताव गर्ने बाटो खुलेको छ।



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ कम्पनी टिकटकलाई सेप्टेम्बर १५ भित्र अमेरिकी व्यवस्थापन बेच्न वा बन्द गर्न आदेश दिएका छन्।

ट्रम्प प्रशासनले टिकटक र अन्य चिनियाँ एपहरू राष्ट्रिय सुरक्षाका लागि चुनौती भनेका छन्।

बीबीसीका अनुसार चिनियाँ कम्पनी बाइटडान्सबाट टिकटक किन्ने दौडमा माइक्रोसफ्ट र ओरकल थिए। वाल स्ट्रीट जर्नल र समाचारसंस्ता रोएटर्सका अनुसार व्यावसायिक रूपमा तथ्याङ्क प्रशोधन प्रविधि र क्लाउड प्रविधि विक्री गर्ने ओरकलले दौड जितेको छ।

उक्त कम्पनी अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्यूजील्यान्डमा टिकटकको व्यवसाय किन्न इच्छुक भएको विवरण यसअघि आएको थियो।

टिकटकका एक प्रवक्ताले बीबीसीलाई कम्पनीले माइक्रोसफ्ट वा ओरकलसँग भएको प्रगतिका बारेमा नबोल्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट