बाढी–पहिरोमा उद्वार र राहतका लागि कांग्रेसद्वारा ३० जिल्लामा ४६ लाख ५० हजार सहयोग-Sutra News

बाढी–पहिरोमा उद्वार र राहतका लागि कांग्रेसद्वारा ३० जिल्लामा ४६ लाख ५० हजार सहयोग

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

काठमाडौं–कांग्रेसले बाढी–पहिरोमा उद्वार र राहतका लागि ३० जिल्लामा सहयोग गरेको छ। मंगलबार पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै सहयोग गरेको जानकारी गराएका हुन्।



कोरोना कहरकाबीच बाढी–पहिरोले जनधनको क्षति गरेर पीडा माथि पीडा थपेको बताउँदै कांग्रेसले यस्तो समयमा मानवीय कर्तव्य निर्वाह गर्न आ–आफ्नो ठाउँबाट जुट्न जरुरी रहेको बताएको छ।

बाढी–पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्वार र राहतको जिल्ला स्तरीय अभियानलाई बल पुर्याउन कांग्रेस केन्द्रीय समितिका तर्फबाट रू ४५,००,००० (पैंतालीस लाख) ‘स्नेहको सानो सहयोग’ का रुपमा १,५०,००० (एक लाख पचास हजार) रुपैयाँका दरले पहिलो चरणमा ३० जिल्लामा कांग्रेस जिल्ला कार्यसमितिका नाममा पठाइएको जानकारी गराएको छ।

कांग्रेसलेलम्जुङ,सिरहा,गुल्मी,नुवाकोट,स्याङ्जा,बाग्लुङ,म्याग्दी,पाल्पा,ताप्लेजुङ,ओखलढुंगा,संखुवासभा,पर्वत,सिन्धुपाल्चोक, महोत्तरी,पर्सा,धादिङ,पाँचथर,तेह्रथुम,मकवानपुर,बारा,सर्लाही,काभ्रे,रसुवा,धनुषा,सिन्धुली,बझाङ,जाजरकोट,खोटाङ,बाजुरा र कास्की कार्यसमितिका नाममा पैसा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट