अभिनेत्री निता ढुंगाना अब भजन गायिका-Sutra News

अभिनेत्री निता ढुंगाना अब भजन गायिका

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

काठमाडौं- पछिल्लो समय नेपाली अभिनेत्रीहरु गायनमा पनि सक्रिय भइरहेका छन्। अभिनेत्री प्रियंका कार्की, रेखा थापा, अनु शाह, पारमिता आरएल रानालगायतका थुप्रै नेपाली अभिनेत्रीहरुले आफ्नो परिचयमा गायिका पनि थपिसकेका छन्। यसैबीच अर्की नेपाली अभिनेत्रीले पनि गायिकाको रुपमा आउने भएकी छन्।



चलचित्रमा रोमान्टिक अभिनेत्रीको रुपमा चिनिएकी निता ढुंगाना गायनमा प्रवेश गरेकी हुन्। उनले एक भजनमार्फत् गायन क्षेत्रमा प्रवेश गर्न लागेकी हुन्। ‘मलाई गाउन पहिलेदेखि नै मन लाग्थ्यो। सुरुवात एउटा भजनबाट गरेकी हुँ,’ उनले भनिन्।

निताका अनुसार भजनको रेकर्डिङ तथा भिडियो छायांकन सकिएको छ। दिनेश न्यौपानेको संगीत तथा रामजी लामिछानेको निर्देशनमा रहेको गीतको भिडियो आगामी भदौ ६ गते सार्वजनिक हुने निताले बताइन्। उनले भनिन्, ‘गाउन रहर थियो। गणेश भगवानको भजन भएकाले गणेश चतुर्थीकै दिन सार्वजनिक गर्ने तयारी भइरहेको छ।’

त्यसो त पछिल्ला समय अभिनेत्रीहरुले आफूलाई गायिकाको रुपमा चिनाउने होडबाजीजस्तै चलेको छ। चलचित्र नपाएपछि गायनमार्फत् आफूर्लाइ दर्शकसामु लगिरहेका देखिन्छन् कतिपय हिरोइनहरु। निता भने त्यस्तै नभएको बताउँछिन्। उनी भन्छिन्, ‘चलचित्र क्षेत्र त यहाँमात्रै होइन् विश्वभर नै यस्तै छ। तर, गाएको त्यो कारण होइन्।’

आफूलाई अध्यात्मिक बताउने निताले गाएको भजन कस्तो होला भन्ने आगामी भदौ ६ गते नै थाहा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट