भारतले भन्यो- बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन-Sutra News

भारतले भन्यो- बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं- भारतले आफ्नै विदेश मन्त्रीको भनाइको खण्डन गर्दै गौतम बुद्ध नेपालमै जन्मेको भन्ने विषयमा कुनै आशंका नरहेको बताएको छ।



भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन भन्ने कुरामा शंका छैन, जुन नेपालमा पर्छ।’

शनिबार भारतीय उद्यमी तथा व्यवसायीहरूको संगठन कन्फिडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा आयोजित भर्चुअल सम्मेलनमा एस जयशंकरले भारतका दुई महान् व्यक्तिमा बुद्ध र महात्ममा गान्धी भएको बताएका थिए।

यसअघि आइतबार नेपालको परराष्ट्र मन्त्रालयले बुद्ध नेपालमा जन्मिएको विषय स्थापित र अकाट्य तथ्य भएको बताएको थियो।

दुई वर्षअघिको बुद्ध पूर्णिमाको अवसर दिएको मन्तव्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत भारत बुद्धको भूमि भएको दाबी गरेका थिए। मोदीको उक्त भनाइको नेपालमा निकै विरोध भएको थियो।

नेपाल भ्रमणमा आएका बेला व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै नेपाल बुद्ध भूमि भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट