सत्ताको अहंकारजन्य अन्धताबाट बचौं : नेकपा प्रवक्ता श्रेष्ठ-Sutra News

सत्ताको अहंकारजन्य अन्धताबाट बचौं : नेकपा प्रवक्ता श्रेष्ठ

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘सत्ताको अहंकारजन्य अन्धता’बाट बच्नुपर्ने बचाएका छन्।



नेकपा नेतासमेत रहेका प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालले गत शुक्रबार श्रेष्ठप्रति लक्षित गर्दै सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणी गरेपछि त्यसप्रति अप्रत्यक्ष तरिकाले उनले प्रतिक्रिया जनाएको यो दोस्रोपटक हो।

‘सत्ताको अहंकारजन्य अन्धताले सत्यबाट विचलित हुने खतरा पैदा’ हुने भन्दै श्रेष्ठले यसबाट बच्न सुझाव दिएका छन्।

‘सत्यको पक्षधरता कहिल्यै खेर जाँदैन,’ कसैको नाम नलिइकन उनले आइतबार फेसबुकमा लेखेका छन्, ‘सत्यको पक्षमा निर्भिक भएर लागिरहौं। कहिलेकहीँ हामी सबैलाई सत्ताको अहंकारजन्य अन्धताले सत्यबाट विचलित हुने खतरा पैदा गर्दछ, बचौं र बचाऔं।’

शनिबार पनि श्रेष्ठले समाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै पार्टीभित्रको बहसलाई गालीगलौजको विषय बनाउन नहुने बताएका छन्।

‘इनफ इज इनफ’ भन्दै रिमालले नेता श्रेष्ठलाई ‘पार्टी प्रवक्ता पदको लाज’ जोगाउन र ‘विधिः पद्धतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा’ नपोल्न सुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट