नेपालले भन्यो- बुद्ध नेपालमा जन्मेको कुरा स्थापित र अकाट्य तथ्य हो-Sutra News

नेपालले भन्यो- बुद्ध नेपालमा जन्मेको कुरा स्थापित र अकाट्य तथ्य हो

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं- बुद्ध नेपालमा जन्मिएको विषय स्थापित र अकाट्य तथ्य भएको नेपालले बताएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरले बुद्ध भारतीय भएको बताएपछि नेपालको यस्तो प्रतिक्रिया आएको हो।



‘गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको कुरा ऐतिहासिक र पुरातात्विक तथ्यले स्थापित र अकाट्य तथ्य हो,’ परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बुद्ध जन्मस्थल र बुद्ध धर्मको स्रोत लुम्बिनी युनेस्कोको विश्व सम्पादा सूचिमा सूचिकृत क्षेत्रमध्य एक हो।’

शनिबार भारतीय उद्यमी तथा व्यवसायीहरूको संगठन कन्फिडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा आयोजित भर्चुअल सम्मेलनमा जयशंकरले भारतका दुई महान् व्यक्तिमा बुद्ध र महात्ममा गान्धी भएको बताएका थिए। यी दुईलाई विश्वले नै महान् भारतीयका रूपमा चिनिने उनको भनाइ थियो।

बुद्ध नेपालमा जन्मिएको कुरा कुनै विवाद र शंका भन्दा बाहिरको विषय भएको भन्दै परराष्ट्रले यो विषयमा बहस गर्न नै जरुरी नभएको बताएको छ। पटक-पटक भारतीय केही व्यक्तिहरुले बुद्ध भारतमा जन्मिएको गतल प्रचार गर्ने गरेका छन्।

दुई वर्षअघिको बुद्ध पूर्णिमाको अवसर दिएको मन्तव्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत भारत बुद्धको भूमि भएको दाबी गरेका थिए। मोदीको उक्त भनाइको नेपालमा निकै विरोध भएको थियो। तैउनी नेपाल भ्रमणमा आएका बेला व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै नेपाल बुद्ध भूमि भएको बताएका थिए। 

प्रेज विज्ञप्ति

mofa1.JPG

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट