भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति-Sutra News

भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं–कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्ध भारतमा जन्मिएका हुन भन्ने भारतीय विदेशमन्त्री एस.जयशंकरको भनाइप्रति आपत्ति जनाएका छन्।



शनिबार भारतीय उद्यमी तथा व्यवसायीहरूको संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा आयोजित भर्चुअल सम्मेलनमा विदेशमन्त्री शंकरले बुद्ध भारतमा जन्मिएको दाबी गरेको खबर सञ्चारमाध्यममा आएको थियो।

खबर सार्वजनिकपछि प्रवक्ता शर्माले भगवान् बुद्ध नेपालमा जन्मिएको बताउँदै त्यसको प्रमाण नेपालसँग रहेको बताए । शुक्रबार ट्वीटरमा लेख्दै शर्माले भने, ‘भगवान् बुद्ध नेपालमा जन्मिएका हुन्। त्यो भुभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ। नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन। ’

एकघण्टाको बीचमा तीनवटा ट्वीट गर्दै शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा बुद्ध नेपालमै जन्मिएको पुष्टि गर्दै पुनः आपत्तिजनक टिकाटिपप्णी गर्नु दु:खद् रहेको बताए।

‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौं । भारतीय भूमिबाट विगतमा आएका टिप्पणी पनि ‘नेपाल बुद्ध भूमि हो’ भनेर स्वयं भारतीय प्रम नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भैसकेको हो । फेरिपनि आपत्तिजनक टिप्पणी अत्यन्तै दुखद् छ’ शर्माले ट्वीटरमा लेखेका छन्।

आवेगमा दिइएको जवाफमा आवेगमै दिनु दुई देशका लागि हित नहुने बताउँदै प्रवक्ता शर्माले राम र बुद्ध जन्मभूमिको विषयमा आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीहरूले गहिरो चोट छोड्न सक्ने र मुल बिषय मोड्न सक्ने तर तर दीर्घकालीन हितमा हृदय जोड्न नसकिने पनि ट्वीटरमा लेखेका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट