पार्टी विभाजन नगर्न चेतावनी दिन नेकपा सांसदले हस्ताक्षर सार्वजनिक गर्दै-Sutra News

पार्टी विभाजन नगर्न चेतावनी दिन नेकपा सांसदले हस्ताक्षर सार्वजनिक गर्दै

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं–पार्टीको आन्तरिक विवाद फुटसम्म जान नहुने भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदहरूले हस्ताक्षर सार्वजनिक गर्ने तयारी गरेका छन्। आइतबार दिउँसो २ बजे सिंहदरबारस्थित संसद सचिवालयमा पत्रकार सम्मेलन गरेर हस्ताक्षर सार्वजनिक गर्न लागिएको सांसद कृष्णप्रसाद दाहालले जानकारी दिए ।



पार्टी एकताको पक्षमा रहेका केन्द्रीय सदस्य एवम् सांसदहरूले केही समयअघि संकलन गरेको हस्ताक्षर आज सार्वजनिक गर्न लागिएको उनले बताए। हस्ताक्षेर गर्नेहरु ५०–६० जना रहेको जानकारी दिंदै उनले सूत्रन्यूजसँग भने, ‘विवाद त पार्टी भित्र भइरहन्छ, तर पार्टी फुटाउन हुँदैन भनेर हामीले यस्तो कार्यक्रम गर्न लागेका हौं।’

अर्का सांसद नारदमुनी रानाले पार्टी भिजान नगर्न चेतावनी दिन हस्ताक्षर सार्वजनिक गर्न लागेको र यसमा कुनै समूह भन्दा पनि पार्टी एकताको पक्षमा रहेकाहरु रहेको बताए। ‘कुनै पनि नेता, पक्षलाई पार्टी विभाजन गर्ने अधिकार छैन्,’रानाले भने,‘हामी पार्टी एकताको पक्षमा रहेका सांसद र केन्द्रीय सदस्यको तर्फबाट यो कार्यक्रम गर्न लागेका हौं। यसमा समूहको कुरै छैन। यो समूह विशेषको होइन।’
१३ साउनमा रोकिएको नेकपा स्थायी कमिटी बैठक अहिलेसम्म बस्न सकेको छैन्।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेताहरु झलनाथ खनाल, सुवास नेम्वाङसहित लगातार बैठक भए पनि विवाद समाधान भएको छैन। दुबै आआफ्नो अडानमा कायमै रहेपछि पछिल्लो समय ओली र प्रचण्डबीच संवादहिनता नै छाएको थियो।

त्यसलाई तोड्दै ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल शनिबार प्रचण्ड निवास खुमलटार पुगेका थिए। पौडेल र पोखरेलसँगको भेटमा प्रचण्डले आफू पार्टी एकताको पक्षमा भएको बताउँदै सहमतिका लागि ओली लचक हुनुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट