कांग्रेस प्रवक्ताको प्रधानमन्त्रीलाई प्रश्न : घर जलाएर भगवान् रामको मन्दिर बनाउने ?-Sutra News

कांग्रेस प्रवक्ताको प्रधानमन्त्रीलाई प्रश्न : घर जलाएर भगवान् रामको मन्दिर बनाउने ?

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं–कांग्रेसका प्रवक्ता एवम् युवा नेता विश्वप्रकाश शर्माले भगवान् रामको मन्दिर बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति टिप्पणी गरेका छन् ।



भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने प्रधानमन्त्री ओलीको द्वन्द्वात्मक भौतिकवादको यो कस्तो आध्यात्मिक अवतार ? भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन्।

चितवन राष्ट्रिय निकुञ्ज र सेनाको टोलीले चितवनको माडी नगरपालिका–९ कुसुमखोलास्थित चेपाङ बस्तीमा आगो लगाउनुका साथै आठ घर हात्ती लगाएर भत्काएका थिए । घर भत्काएपछि उनीहरू बिचल्लीमा परेका छन् । त्यसको चौतर्फी आलोचना भइरहेको छ ।

आइतबार ट्वीटरमा प्रवक्ता शर्माले लेखेका छन्, ‘भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने ! द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ?’ यस्तो कर्मले प्रशन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्लमार्क्सको आत्मालाई शान्ति मिल्ला कि ‘मिसन लिम्पियाधुरा’लाई बल पुग्ला ?’

भारतले भगवान् राम भारतमा जन्मिएको दाबी गरेपछि प्रधानमन्त्री ओलीले नेपालमा नै रामको जन्म भएको ठोकुवा गर्दै आएका छन्। शनिबार चितवनका जनप्रतिनिधिहरूसँग छलफल गर्दै उनीहरूलाई चितवनको माडीमा रामको भव्यमूर्ति बनाउन निर्देशनसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट