लकडाउनको समीक्षा गर्न भोलि सिसिएमसीको बैठक बस्दै-Sutra News

लकडाउनको समीक्षा गर्न भोलि सिसिएमसीको बैठक बस्दै

शनिबार, २४ साउन २०७७

शनिबार, २४ साउन २०७७

काठमाडौं– कोरोना नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’बारे समीक्षा गर्न लामो समयपछि कोभिडि–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्ने भएको छ।



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंका अनुसार पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि यसको समीक्षा गर्न आइतबार उक्त बैठक बस्न लागेको हो।

सिंहदरबारमा बस्ने सिसिएमसीको बैठकले लकडाउनको समीक्षा गरेर  नयाँ ढाँचा तयार पार्ने बताइएको छ। उपप्रधान एबम् रक्षा मन्त्री इश्वर पोखरेल संयोजक रहेको सिसिएमसीले यसअघि लकडाउन तोक्ने र यसको ढाँचा तय गर्ने गथ्र्यो ।

सिसिएमसीको सिफारिसलाई नै मन्त्रीपरिषद बैठकले अनुमोदन गर्ने गथ्र्यो। पछिल्लो समय लकडाउन केही खुकुलो बनाइएपछि सिसिएमसीको बैठक बसेको थिएन।

सिसिएमसी अन्तर्गत नै कोरोना नियन्त्रण तथा रोकथामका विभिन्न काम संचालन गरिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट