‪‘पार्टीभित्रको बहसलाई गालीगलौजको विषय नबनाऊ’-Sutra News

‪‘पार्टीभित्रको बहसलाई गालीगलौजको विषय नबनाऊ’

शनिबार, २४ साउन २०७७

शनिबार, २४ साउन २०७७

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको बहसलाई गालीगलौजको विषय बनाउन नहुने बताएका छन्।



नेकपा नेतासमेत रहेका प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालले शुक्रबार श्रेष्ठप्रति लक्षित गर्दै सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणी गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो।

‘पार्टीभित्रको बहस र अन्तरसंघर्षलाई सत्यउन्मुख रुपान्तरणको साधन बनाऔं,ब्यक्तिको हार र जीतको विषय होइन्,’ कसैको नाम नलिइ उनले लेखेका छन्, ‘पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनतालाई विजयी बनाउ। ब्यक्तिगत आरोप, प्रत्यारोप वा गालिगलौजका रुपमा होइन, वैचारिक,‬‪ सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत बिविषयमा छलफल गरौँ।’

‘इनफ इज इनफ’ भन्दै रिमालले नेता श्रेष्ठलाई ‘पार्टी प्रवक्ता पदको लाज’ जोगाउन र ‘विधि: पद्धतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा’ नपोल्न सुझाएका थिए।

पार्टीभित्रको संटकबाट निकास निकाल्न स्थायी कमिटी बैठक तुरुन्त राख्नुपर्ने श्रेष्ठको धारणा छ। ‘म फेरि जोड दिएर भन्छु- हाम्रो पार्टीको आजको संकटको निकासको निम्ती जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं,’ उनले भनेका छन्, ‘सबै बैठकमा उपस्थित भएर आआफना विचार राखौं र छलफल गरौं।’ 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट