बी.पी. कोइराला साहित्य सम्मान पुरस्कार नेपाललाई-Sutra News

बी.पी. कोइराला साहित्य सम्मान पुरस्कार नेपाललाई

शुक्रबार, २३ साउन २०७७

शुक्रबार, २३ साउन २०७७

काठमाडौं– बी.पी. कोइराला स्मृति ट्रष्टले यस वर्षको साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार ज्ञानमणि नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ।



प्रत्येक वर्ष ट्रष्टले बी.पी. जयन्तीका अवसरमा बी.पी. साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गदैं आएको छ।

पुरस्कारको राशी एक लाख एक हजार रहेको छ। ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको सयोजंकत्वमा सदस्यहरु डा. धुब्रचन्द्र गौतम र सुशीलमान शेरचन समेतको सिफारिस समितिले सर्वसम्मतिबाट उक्त निर्णय गरेको हो।

त्यसरी नै ट्रष्टले बी.पी. सेनानी सम्मान पुरस्कार–२०७७ यस वर्ष प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पुर्‍याउने होमनाथ दाहाललाई दिने निर्णय गरेको छ। पुरस्कारको राशी एकाउन्न हजार रहेको छ।

यी पुरस्कारहरु आगामी भदौ २४, गते बी.पी. जयन्तीको अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट