भदौ १ देखि आन्तरिक तथा बाह्य उडान सेवा सुरु गर्ने सरकारको निर्णय-Sutra News

भदौ १ देखि आन्तरिक तथा बाह्य उडान सेवा सुरु गर्ने सरकारको निर्णय

सोमबार, ५ साउन २०७७

सोमबार, ५ साउन २०७७

काठमाडौं- सरकारले आगामी भदौ १ गतेदेखि हवाई सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ देखि आन्तरिक तथा बाह्य दुवै उडान सेवालाई खुला गर्ने निर्णय गरेको हो।



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गरेको हो। मन्त्रालयले २१ साउनबाट आन्तरिक र १ भदौबाट अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव पेस गरेको थियो।

बैठकले दुवै उडान सेवालाई एकैपटक १ भदौबाट लागू हुनेगरी सञ्चालनमा ल्याउने निर्णय गरेको हो। 

सरकारले यसअघि नै जिल्लाभित्रै सार्वजनिक यातायात चलाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट