नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, अर्को बैठक मंगलबार-Sutra News

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, अर्को बैठक मंगलबार

आइतबार, ४ साउन २०७७

आइतबार, ४ साउन २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ।



आज ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको नेकपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अर्को बैठक साउन ६ गते मंगलबार ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ।

नेकपाको शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मंसिरमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। जसमा अर्का अध्यक्ष पुष्पकमल दाहालले सहमति जनाएको बताइएको छ।

प्रचण्डले ओलीको प्रस्तावमा सहमति जनाउँदा माधव कुमार नेपाल र झलनाथ खानाल रुष्ट बनेका छन्।

यही विषयमा छलफल गर्न अहिले प्रचण्ड निवास खुमलटारमा बैठक बसिरहेको छ। छलफलमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन्। यी तीनै नेताले मंसिरमा महाधिवेशन असम्भव रहेको भन्दै असहमति जनाएका थिए।

बैठकमा बामदेव गौतम र रामबहादुर थापा भने सहभागी भएका छैनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट