थप ५७ जनामा कोरोना संक्रमण, १०३ जना डिस्चार्ज-Sutra News

थप ५७ जनामा कोरोना संक्रमण, १०३ जना डिस्चार्ज

शनिबार, ३ साउन २०७७

शनिबार, ३ साउन २०७७

पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमित थपिएका छन्। देशभरिका २७ वटा प्रयोगशालामा गरिएका ३ हजार ३३१ वटा पीसीआर विधिबाट गरिएका नमूना परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।



स्वास्थ्य मन्त्रालयले शनिबार गरेको निमयिमत मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यससँगै हालसम्म संक्रमित हुनेको संख्या १७ हजार ५०२ पुगेको जानकारी दिए।

त्यस्तै २४ घण्टामा १ सय ३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६३७ पुगेको छ। हालः आइसोलेनसमा बस्ने सक्रिय संक्रमित ५ हजार ८२५ जना र २३ हजार २७५ जना क्वारेन्टीनमा छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट