एकीकृत समाजवादीलाई समेट्न फागुन २१ को ८ बुँदेलाई संशोधन-Sutra News

एकीकृत समाजवादीलाई समेट्न फागुन २१ को ८ बुँदेलाई संशोधन

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)लाई समेट्न सत्ता साझेदार चार दलले फागुन २१ मा गरेको ८ बुँदे सहमतिलाई संशोधन गरेका छन् । दलहरुले ८ बुँदेका केही बुँदालाई हटाएका छन् भने केही बुँदालाई संशोधन गरेका छन् ।



मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताबीच छलफल भएको थियो । उक्त छलफलमा भएको सहमतिपछि सत्ता साझेदार पाँच दलका शीर्ष नेताहरु बसेर ७ बुँदे सहमति भएको हो ।

७ बुँदे नयाँ सहमतिमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित एमाले अध्यक्ष ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् गृहमन्त्री रवि लामिछाने र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर छ ।

७ बुँदे सहमतिमा नयाँ सरकार गठन गर्ने भन्ने बुँदा हटाइएको छ । जसको ठाउँमा प्रचण्ड नेतृत्वको पुनर्गठित वर्तमान सरकारलाई नै सुद्धढ र सफल पार्ने भनिएको छ ।

साथै, राष्ट्रियसभा उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवारलाई समर्थन गर्ने भन्ने बाक्यांश पनि हटाइएको छ । यसअघिका ८ बुँदे सहमतिका केही भाषागत विषय पनि नयाँ सहमतिमा मिलाइएको छ ।

७ बुँदेमा उल्लेख नगरे पनि राष्ट्रियसभा उपाध्यक्षको पद एकीकृत समाजवादीलाई दिने सहमति भएको बताइएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले उक्त पद एमालेले नपाउने बताए ।

“एमालेले नपाउने भन्ने भएपछि कसले पाउने अड्कल गर्न सकिन्छ”, उनले भनेका छन् ।

यस्ताे थियाे फागुन २१ मा भएकाे ८ बुँदे सहमति

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट