दयाहाङ र विजय सारथी, भन्छन्– हामी एकअर्का बिना अपुरो छौँ-Sutra News

दयाहाङ र विजय सारथी, भन्छन्– हामी एकअर्का बिना अपुरो छौँ

आइतबार, २१ माघ २०८०

आइतबार, २१ माघ २०८०

काठमाडौं । अभिनेता दयाहाङ राई र कलाकार विजय बरालको सम्बन्ध एक अर्काको लागि अपरिहार्य जस्ताे बनेकाे छ । उसो त उनीहरु १६/१७ वर्षअघिदेखि नै एकअर्काको नजिकको साथी हुन् ।



डेढ दशकभन्दा बढी समयदेखि नजिकैदै आएका दया र विजय नाटकघरबाट नै सँगै छन् । उनीहरुले सुरुवात गरेको मण्डला थिएटरमा पनि व्यापारिक सहकार्यमा जोडिएका छन् ।

सुरुवातमा थिएटरमासँगै नाटक गरेका उनीहरुले पछि सँगसँगै धेरै फिल्महरुमा समेत काम गर्दै आइरहेका छन् । रङ्गमन्चदेखिको यो जोडिलाई फिल्मी पर्दासम्म आउँदा दर्शकहरुले पनि खुब रुचाएको पाइन्छ । त्यसैले त यो सहपाठी यात्रा जुन फिल्ममा आउँछन् ती फिल्महरु धेरैजसो हिट नै हुने गरेका छन् ।

उसो त यी दुईको केही फिल्महरु सफल नभएका रेकर्ड पनि छन् । तर, तुलनात्मक रुपमा धेरैजसो फिल्म हिट नै भएका छन् । चाहे त्यो ‘दिमाग खराब होस्’ या ‘जारी’ वा ‘कवड्डी’का सिरिज नै किन नहुन् । दाया र विजयले फिल्म ‘कवड्डी’ सिरिजमार्फत त घतलाग्दो पात्र काजी र विकेलाई दर्शकले नबिर्सने गरी जिवन्त बनाएका छन् ।

यस्तैमा, दर्शकको मनमा जतैबाट पनि बसन सफल देखिएका उनीहरु फेरि आउँदो शुक्रबारबाट प्रदर्शन हुने तयारीमा रहेका फिल्म ‘हात्तीछाप’, ‘दयारानी’मार्फत फिल्मी पर्दामा एकसाथ देखिने भएका छन् ।

फिल्मको माध्यमबाट समिश्रणको मज्जा दिन जानेका यी दुईले अरु फिल्मको तुलनामा अब फेरि यो सहपाठी बनेर मनोरञ्जन दिन्छन् या दिँदैनन् त्यो त समयले नै बताउने नै छ । तर, यी दुई भने एकअर्का बिना अपुरो रहने बताउँछन् ।

केही दिन अघि फिल्म ‘दयारानी’को पत्रकार सम्मेलनमा आफू रहेको हरेक फिल्ममा एकअर्काको अपेक्षा गर्ने उनीहरुले बताए । दया भन्छन्, ‘विजय र म दिनमा एक पटक कुरा गरेनौं भने अपुरो हुन्छौं, त्यो खालको सम्बन्ध छ हाम्रो । फिल्ममा यसै लाग्छ, विजय पनि पक्कै त्यहाँ हुन्छ । म पहिला को–को कलाकार हुनुहुन्छ भनेर प्रश्न हत्पती गर्दिन । त्यसमा निर्मातादेखि निर्देशकको आफ्नो सोच हो । तर, कोही कोहीबेला निर्देशकहरुले भन्ने गर्नुहुन्छ । कुनै बेला विजयले आएर भन्ने गरेको हामीसँगै हुने रछौं । त्यस बेला हो र ? भन्ने हुन्छ ।’

दयालाई जस्तै विजयलाई पनि त्यस्तै लाग्दाे रहेछ । उनी पनि सँगै नहुँदा दिक्न लाग्ने बताउँछन् ।

विजय भन्छन्, ‘दया दाइसँग यात्रा गरेकै १६/१७ वर्ष भइसक्यो । फिल्ममा सँगै काम गरेको अलिक कमै होला । फिल्ममा सँगै खेल्दैमा नराम्रो केही हुदैन । चरित्र अलिक फरक दिनुन भन्ने गरेको छु । अब त फिल्ममा सँगै नहुदाँ त दया दाई कता हुनुहुन्छ भन्ने लाग्छ । धेरै फिल्म हुदैमा दिक्क लाग्ने भन्ने हुदैन । भनौ निर्माता र निर्देशकहरुले जे दिनु हुन्छ त्यो स्वर्काने गरेको छु । त्यस्तो दुःखी हुने गरेको छैन ।’

उनी अघि थप्छन्, ‘दया दाई नै भएका फिल्म भए पनि निर्माण पक्षसँग चित्तो बुझदो भएन भने खासै इच्छा नदेखाई छोड्ने गरेबको छु । फिल्म नखेल्दैमा मलाई केही हुदैन । थिएटर छ म त्यहाँ गएर नाटक गर्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट