पहिचान पक्षधरसँग वार्ता गर्न कोशीमा समिति गठन-Sutra News

पहिचान पक्षधरसँग वार्ता गर्न कोशीमा समिति गठन

शनिबार, ६ माघ २०८०

शनिबार, ६ माघ २०८०

काठमाडौं । कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।



शनिबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।

समितिको सदस्यमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेललाई सदस्य सचिव तोकेको कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राईले जानकारी दिए ।

यसअघि तत्कालिन हिक्मत कार्की नेतृत्व र उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारले पनि पहिचानवादीसँग वार्ता गर्न मन्त्रीको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । कोशी प्रदेशको नामाकरणबारे पहिचान पक्षधरहरूले विवाद गरेपछि प्रदेश सरकारले वार्ता समिति गठन गर्दै आएको छ ।

यसैगरी, मन्त्रिपरिषद बैठकले प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि पहिलो सशोधन स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट