त्रिविको प्रणाली सुधारको माग गर्दै विद्यार्थीले गरे प्रदर्शन-Sutra News

त्रिविको प्रणाली सुधारको माग गर्दै विद्यार्थीले गरे प्रदर्शन

बुधबार, ११ पौस २०८०

बुधबार, ११ पौस २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको समग्र प्रणालीमा सुधारको माग गर्दै बुधबार प्रदर्शन भएको छ ।



त्रिभुवन विश्वविद्यालयको वर्षौंदेखिको बेथिति सुधार गर्न माग गर्दै त्रिवि केन्द्रीय क्याम्पस स्ववियुको आह्वानमा बुधवार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयअगाडि प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीले त्रिविलाई राजनीति भागबण्डाको केन्द्र बनाउन नहुने, शैक्षिक क्यालेण्डर लागू गर्नु पर्ने, राजस्व तिर्न भोग्नु पर्ने झन्झटको अन्त्य गर्नु पर्ने, प्रमाणपत्र वितरण समयमा हुनु पर्नेलगायतका माग राखेका छन् ।

प्रदर्शनमा बोल्दै त्रिवि केन्द्रीय क्याम्पस स्ववियुका सभापति श्यामराज ओझाले त्रिवि पदाधिकारीको अकमर्ण्यताका कारण हजारौँ विद्यार्थीको भविष्य अन्यौल बनेको बताए ।

उनले कुलपति तथा प्रधानमन्त्रीले राजनीतिक भागबण्डाबाहेक त्रिविलाई नसम्झिँदा रिक्त रहेको उपकुलपति र प्राध्यापक नियुक्तीमा ढिलाई भएको आरोप लगाए ।

उनीहरूले त्रिविलाई समयमै सुधारको प्रयास नगरिए अवस्था झनै जर्जर हुँदै जाने भन्दै काम गर्न नसक्ने पदाधिकारीले राजीनामा दिनु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट