त्रिविको दीक्षान्त समारोहमा विश्व रेकर्ड बन्ने दाबी, वर्ल्ड रेकर्डका प्रतिनिधि सहभागी हुने-Sutra News

त्रिविको दीक्षान्त समारोहमा विश्व रेकर्ड बन्ने दाबी, वर्ल्ड रेकर्डका प्रतिनिधि सहभागी हुने

सोमबार, २ पौस २०८०

सोमबार, २ पौस २०८०

काठमाडौं । त्रिभुवन विश्व विद्यालयको ४९ औँ दीक्षान्त समारोह हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि समारोह सुरु भएको हो ।



समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल र त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने छन् ।

त्रिवि परीक्षा नियन्त्रणा कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष १२ हजार ४१५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने छन् ।

त्रिवि ग्रेसलिष्टमा परेका ७४ हजार ७४९ विद्यार्थीमध्ये यसपटक १२ हजार ४१५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए ।

जसमा स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार १०४, एमफिलतर्फ ४४ तथा विद्यावारिधीतर्फ ११२ विद्यार्थी दीक्षित हुने छन् ।

आजको समारोहमा त्रिविले विश्व रेकर्ड हुने दाबी गरेको छ । विश्वमा एकैपटक धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’मा आवेदन दिएको हो ।

जसका लागि ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’का प्रतिनिधिहरू समारोहमा जाने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट