डिशहोमको ‘शानदार अफर’ : ५५७ रुपैयाँमै ५० एमबीपीएसको इन्टरनेट-Sutra News

डिशहोमको ‘शानदार अफर’ : ५५७ रुपैयाँमै ५० एमबीपीएसको इन्टरनेट

बिहिबार, १४ मंसिर २०८०

बिहिबार, १४ मंसिर २०८०

काठमाडौं । डिशहोम फाइबरनेट कम्पनीले भारी छुटसहित वार्षिक ग्राहक योजना सार्वजनिक गरेको छ । चाडपर्वलाई लक्षित गरी सार्वजनिक भएका कतिपय योजनाहरु सकिएसँगै कम्पनीले नयाँ आकर्षक योजना ‘शानदार अफर’ सार्वजनिक गरेको हो ।



‘शानदार १२ महिने योजना’अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसदेखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने कम्पनीले जनाएको छ ।

जसअन्तर्गत ग्राहकले मासिक ५५७ रुपैयाँ अर्थात् वार्षिक ६,६८५ रुपैयाँमै ५० एमबीपीएसको इन्टरनेट जोड्न पाउनेछन् ।

कम्पनीले यसअघि ५० एमबीपीएसको वार्षिक प्याकेजको मूल्य ७,७९९ रुपैयाँ तोकेको थियो । जुन दरलाई घटाउँदै कम्पनीले नयाँ योजना सार्वजनिक गरेको हो ।

राउटर सित्तैमा

सस्तोमा इन्टरनेट उपलब्ध गराएको कम्पनीले वार्षिक ग्राहक बन्दा राउटर पनि सित्तैमा दिने भएको छ । कम्पनीले जनाएअनुसार वार्षिक प्याकेजमा इन्टरनेट जोड्दा ग्राहकले सित्तैमा फाईभ–जी (डुअल ब्यान्ड)को राउटर पाउनेछन् ।

कम्पनीका अनुसार ग्राहकहरुले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्मको वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउनेछन् ।

‘फेस्टिभ २४ महिने अफर’ कायमै

डिसहोमले चाडपर्वलाई लक्षित गरी ‘फेस्टिभ २४ महिने अफर’ सार्वजनिक गरेको थियो । जुन अफरअन्तर्गत ग्राहकहरुले दुई वर्षको महसुल भूक्तानी गर्दा भारी छुट पाउने गरेका थिए ।

चाडपर्वलाई लक्षित गरी ल्याइएको फेस्टिभ २४ महिने अफरलाई पनि कम्पनीले निरन्तरता दिने जनाएको छ । कम्पनीका अनुसार जुन अफरअन्तर्गत ग्राहकबन्दा झण्डै आधा छुट हुनेछ ।

कम्पनीका अनुसार ५० एमबीपीएसको २४ महिने अफरको मुल्य जम्मा १० हजार ४९९ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट