कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा-Sutra News

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

बिहिबार, २३ कार्तिक २०८०

बिहिबार, २३ कार्तिक २०८०

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत असोज ९ र १० गते सञ्चालन भएकाे परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे ।



परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थी सहभागि थिए । जसमा ८८ हजार ९४७ विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन् । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

बाेर्डले जनाएअनुसार परीक्षाकाे नतिजा राष्ट्रिय परीक्षा बाेर्ड र नेपाल टेलिकमकाे वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट