तीन हजारभन्दा बढीले अवलोकन गरे ‘किड्स एक्स्पो–२०२३’-Sutra News

तीन हजारभन्दा बढीले अवलोकन गरे ‘किड्स एक्स्पो–२०२३’

बुधबार, २४ असोज २०८०

बुधबार, २४ असोज २०८०

काठमाडौं । लगातार दोस्रो वर्ष आइएमएस ग्रुपद्वारा प्रस्तुत, ‘किड्स एक्स्पो–२०२३’ भव्य रुपमा सम्पन्न भएको छ । एक्स्पोलाई तीन हजारभन्दाले अवलोकन गरेका थिए ।



एक्स्पोमा सहभागीहरूका लागि रमाइला खेलहरू, स्वादिष्ट खाना र बच्चाहरुका लागि दशैंको किनमेल गर्ने अवसरका साथै आफ्ना प्रियजनहरूसँग दिगो सम्झनाहरू सिर्जना गर्ने मौका बनेको थियो।

त्यसैगरी ४० भन्दा बढी सम्मानित अन्तर्राष्ट्रिय र राष्ट्रिय बेबी ब्राण्डहरूको सक्रिय सहभागिता रहेकोले, यस कार्यक्रम अभिभावकत्व र बाल हेरचाहसँग सम्बन्धित सबै चीजहरूको लागि एक व्यापक हब बनेको थियो ।

दशैंको थेममा आधारित यस वर्षको एक्स्पो गुणस्तरीय उत्पादनहरु र नवीनतम शैक्षिक उपकरणहरूको साथ, बच्चाहरू र अभिभावकहरूका लागि एक प्रमुख गन्तव्य बनेको थियो।

एक्स्पोलाई सफल बनाएकोमा आयोजक समितिले आम आगन्तुक, प्रयोजक तथा प्रदर्शकहरुलाई कृतज्ञाता पनि व्यक्त गरेको छ । आगामी वर्ष थप आकर्षक कार्यक्रमसहित एक्स्पो गर्ने पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट