कोशी सरकार ढल्यो, कार्कीले पाएनन् विश्वासको मत-Sutra News

कोशी सरकार ढल्यो, कार्कीले पाएनन् विश्वासको मत

शुक्रबार, १५ असार २०८०

शुक्रबार, १५ असार २०८०

नेकपा एमाले नेतृत्वको कोशी प्रदेशको सरकार विश्वास मत लिन असफल भएको छ।



मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव राखेका थिए।

विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ ।

विश्वासको मतको प्रस्तावमा शुक्रबार भएको मतदानमा पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । बहुमत पूरा गर्न नभएसँगै १७४ दिनपछि मुख्यमन्त्री कार्की आफ्नो पदबाट बाहिरिएका छन् ।

कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले भोट हालेका थिए भने विपक्षमा गठबन्धन दलमा रहेका कांग्रेसका २९, माओवादीका १२ र नेकपा एसका ४ प्रदेशसभा सदस्यले मत हालेका थिए।

यस्तै गठबन्धनकी जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट