सिम्रिक एयरलाई गैरकानूनीरूपमा हेलिपोर्ट बनाउन मन्त्री सुदन किराँतीले दिए अनुमति-Sutra News

सिम्रिक एयरलाई गैरकानूनीरूपमा हेलिपोर्ट बनाउन मन्त्री सुदन किराँतीले दिए अनुमति

मंगलबार, ३० जेष्ठ २०८०

मंगलबार, ३० जेष्ठ २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्‌ययन मन्त्रालयले सिम्रिक एयरलाई गैरकानूनीरूपमा हेलिपोर्ट बनाउन अनुमति दिएको छ ।



संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गैरकानूनीरूपमा २८ जेठ २०८० मा सिम्रिक एयरलाई हेलिपोर्ट बनाउन र सञ्चालन गर्न अनुमति दिएका हुन् ।

सिम्रिक एयर प्रालिले काभ्रेको बनेपा नगरपालिका-१४, राउत गाउँको माथिल्लो भाग इटापु डाँडामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार हेलिपोर्ट निर्माण र सञ्चालनको अनुमति मागेको थियो । सिम्रिक एयरको उक्त प्रस्तावमा रक्षा मन्त्रालयले आपत्ति जनाएको थियो ।

रक्षाले ६ वैशाख २०८० मा नेपाली सेनामार्फत् उक्त हेलिपोर्ट सञ्चालन अनुमति सुरक्षा संवेदनशीलताविपरीत हुने उल्लेख गरेको थियो ।

तर, मन्त्री किराँतीले गैरकानूनीरूपमा सिम्रिक एयरलाई हेलिपोर्ट बनाउन र सञ्चालन गर्न अनुमति दिएका छन् ।

जेठ २६ गते मन्त्रीस्तरीय निर्णयबाट मन्त्री किराँतीले निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरलाई काभ्रेको इटापु डाँडामा हेलिपोर्ट बनाउन अनुमति दिएका हुन् ।

मन्त्री किराँतीले गैरकानूनीरूपमा सिम्रिक एयरलाई हेलिपोर्ट बनाउन अनुमति दिएको देखिन्छ ।

नेपालको कुनै पनि कानूनमा निजी क्षेत्रलाई विमानस्थल बनाउन दिने व्यवस्था छैन ।

हेलिपोर्ट बनाउन अनुमति दिने निर्णय हवाई नीति २०६३ विपरीतसमेत छ ।

मन्त्री किराँतीको उक्त निर्णयले हवाई उडान सुरक्षामा गम्भीर प्रश्न खडा भएको छ ।

निजी क्षेत्रले विमानस्थल निर्माण गरेपछि हवाई उडान सुरक्षाका सबै मापदण्ड पालना गराउनुपर्छ ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट