शरणार्थी प्रकरण: बालकृष्ण खाणसहित ६ जनाको पक्षमा बहस हुँदै-Sutra News

शरणार्थी प्रकरण: बालकृष्ण खाणसहित ६ जनाको पक्षमा बहस हुँदै

मंगलबार, ३० जेष्ठ २०८०

मंगलबार, ३० जेष्ठ २०८०

काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबा६ पैसा उठाएर भएको ठगी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ। सोमबारको अदालती समय सकिँदा ६ जना प्रतिवादीका कानुन व्यवसायीको बहस बाँकी थियो।



सोमबार गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेसहित ४ जना प्रतिवादीको पक्षमा बहस भएको थियो। पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित ६ जनाको बहस बाँकी रहेको थियो।

खाणसहित पूर्व सांसद आङटावा शेर्पा, हज समितिका अध्यक्ष शमशेर मियाँ, ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जन तथा शरणार्थी नेता टेकनाथ रिजालसहितको प्रतिरक्षा बहस बाँकी छ।

मंगलबार खाणको पक्षमा बहसका लागि कानुन व्यवसायीहरुले वकालतनामा दिइसकेका छन्। खाणको पक्षमा बसहका लागि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले तयारी गरेका छन्।

काठमाडौंका जिल्ला प्रेमप्रसाद न्यौपानेले थुनछेक बहस ९ दिनमा सक्ने गरी समय निर्धारण गरेका थिए। जसअनुसार उनले सरकारी वकिल तथा पीडितका कानुन व्यवसायीलाई ३ दिनको समय दिएका थिए। प्रतिवादी पक्षका कानुन व्यवसायीका लागि ६ दिनको समय दिएका दिए।

न्यायाधीश न्यौपानेले निर्धारण गरेको समयअनुसार बहस भए मंगलबार प्रतिवादीका पक्षको प्रतिरक्षा बहस सकिनुपर्ने हो। मंगलबार प्रतिरक्षा बहस सकिएमा बुधबार सरकारी पक्षबाट जवाफी बहस हुनेछ।

सरकारी पक्षको जवाफी बहसपछि अदालतले थुनछेक आदेश सुनाउनेछ। न्यायाधीश न्यौपानेले सरकार र प्रतिवादीका कानुन व्यवसायीको बहस र अभियोगपत्रको अध्ययन गर्दै पूर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने निर्णय गर्ने छन्।

थुनामा पठाएमा उनीहरु फैसला नभएसम्म न्यायिक हिरासतमा बस्नुपर्ने छ। धरौटी माग गरेमा तोकिएको धरौटी बुझाएर रिहा हुने छन्। जिल्लाको निर्णय चित्त नबुझेमा उनीहरु उच्च अदालत हुँदै सर्वोच्चसम्म जान सक्नेछन्।

सरकारी वकिलको कार्यालयले सक्न भनेका छन्। गत बुधबारदेखि प्रतिवादीहरुको तर्फबाट वकिलहरुले प्रतिरक्षा बहस गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट