यस्ताे छ विदेशी मुद्राको विनिमयदर-Sutra News

यस्ताे छ विदेशी मुद्राको विनिमयदर

मंगलबार, ९ फाल्गुन २०७९

मंगलबार, ९ फाल्गुन २०७९

काठमाडौं ।नेपाल राष्ट्र बैँकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको खरिदमूल्य मंगलबार १३२ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ६६ पैसा तोकिएको छ । यसअघि सोमबार अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ २४ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ८४ पैसामा भएको थियो ।



मंगलबार युरोपियन युरोमा एकको खरिददर १४१ रुपैयाँ ११ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७५ पैसा तोकिएको छ । यसअघि सोमबार युरोको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७ पैसा तोकिएको थियो ।

त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५८ रुपैयाँ ८५ पैसा र बिक्रीमा १५९ रुपैयाँ ५८ पैसा पाइन्छ।मंगलबार अष्ट्रेलियन डलर को खरिदमूल्य ९१ रुपैयाँ १५ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ५६ पैसामा कारोबार भइरहेको छ । सोमबार अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ३९ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३७ पैसा तोकिएको छ ।यता, कतारी रियालको खरिदमा ३६ रुपैयाँ १४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३१ पैसा पाईन्छ ।

मंगलबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ १८ पैसा र बिक्रीमा १० रुपैयाँ २३ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ८६ पैसा र बिक्रीमा १६ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ३ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ९९ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ३८ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ९८ पैसा नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट