आज कुन देशको विनिमय दर कति ?-Sutra News

आज कुन देशको विनिमय दर कति ?

सोमबार, ८ फाल्गुन २०७९

सोमबार, ८ फाल्गुन २०७९

काठमाडौं। नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार आज अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा तोकिएको छ भने युरोपियन युरोमा एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७ पैसा  रहेकाे  छ।



सोमबार अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ३९ पैसामा कारोबार भैरहेको छ । उता, साउदी अरेबियन रियालको खरिददर ३५ रुपैयाँ २६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४२ पैसा तोकिएको छ भने कतारी रियालको खरिदमा ३६ रुपैयाँ १० पैसा तथा बिक्रीदर ३६ रुपैयाँ २७ पैसा र  मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९७ पैसा कायम गरिएकाे छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ २० पैसा र बिक्रीमा १० रुपैयाँ २५ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ८६ पैसा र बिक्रीमा १६ रुपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ७६ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ७२ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ७७ पैसा र बिक्रीमा भने ३५२ रुपैयाँ ३६ पैसा रहेकाे नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट