इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको लेस्टर सिटी माथी सानदार जीत-Sutra News

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको लेस्टर सिटी माथी सानदार जीत

सोमबार, ८ फाल्गुन २०७९

सोमबार, ८ फाल्गुन २०७९

काठमाडौं । म्यानचेस्टर युनाइटेडले लेस्टर सिटी माथी सानदार जीत निकालेको छ इंग्लिस प्रिमियर लिगमा युनाइटेडले घरेलु मैदानमा लेस्टर सिटीलाई ३–० ले पराजित गरेर सानदार जीत निकालेको हो ।



ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलको २५औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा मार्कस रासफर्डको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लियाे । ५६ औं मिनेटमा रासफर्डले फ्रेडको पासमा दोस्रो गोल गर्दै युनाइटेडलाई खेललाइृ २–० को अग्रता दिलाए ।

६१ औं मिनेटमा परिवर्तित खेलाडी जेडान सान्चोले गोल गर्दै युनाइटेडको ३–० को जित सुनिश्चित गरे ।  ४६औं मिनेटमा एलेहान्द्रो गर्नाचोको स्थानमा मैदान छिरेका सान्चोले ब्रुनो फर्नान्डेसको पासलाई सदुपयोग गर्न सफल भए ।

यस जितसँगै युनाइटेड २४ खेलबाट ४९ अंक जोडेर तेस्रो स्थानमा  छ भने लेस्टर २३ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट