कैलालीबाट चितुवाको छालासहित दुई जना पक्राउ-Sutra News

कैलालीबाट चितुवाको छालासहित दुई जना पक्राउ

आइतबार, ७ फाल्गुन २०७९

आइतबार, ७ फाल्गुन २०७९

धनगढी – कैलालीका चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले जुम्ला तातोपानी गाउँपालिका–४ रावतवडाका ५० वर्षीय तुलबहादुर खत्री र अछामको बिनायक नगरपालिका–६ तोलीका ३६ वर्षीय तुलबहादुर विक पक्राउ परेका हुन् ।



विकले चलाएको से.५प ८०३१ नम्बरको मोटरसाईकल पछाडी सवार खत्रीको झोलाबाट ७ फिट १० ईन्च लम्बाई र चार फिट ७ इन्च चौडाई भएको एक थान चितुवाको छाला र बन्यजन्तुका विभिन्न हड्डी दुई किलो ९५० ग्रामसहित आइतबार दुवै जना पक्राउ परेका हुन् ।यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट