दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु-Sutra News

दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

आइतबार, ७ फाल्गुन २०७९

आइतबार, ७ फाल्गुन २०७९

दार्चुला, ७ माघ-दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् ।जिल्लाको मार्मा गाउँपालिका-३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नांगो बिजुलीको तार छुँदा आज बिहान करेन्ट लागेर चालकको मृत्यु भएको हो । दुर्घटनामा सहचालक घाइते भएका हुन् ।



कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

त्यस्तै मार्मा गाउँपालिका–६ का १९ वर्षीय सहचालक प्रकाशसिंह ठगुन्ना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट