डिआइजी सिंहलाई यस्तो गम्भिर आरोप लगाउने को हुन् ? बढुवा रोक्नकै लागि यति ठूलो षड्यन्त्र !-Sutra News

डिआइजी सिंहलाई यस्तो गम्भिर आरोप लगाउने को हुन् ? बढुवा रोक्नकै लागि यति ठूलो षड्यन्त्र !

बिहिबार, ४ फाल्गुन २०७९

बिहिबार, ४ फाल्गुन २०७९

काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलालीमा प्रहरी नायब महानिरीक्षक पदमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।एक व्यक्तिले अख्तियारमा उजुरी दिँदै फर्जी विवरण पेश गरेर आईजीपी बढुवाको लाइनमा रहेका डिआइजी सिंहविरुद्ध लागेको उनी निकट स्रोतको दाबी छ ।



स्रोतका अनुसार फर्जी विबरण पेश गरेका ति निवेदकले डिआइजी सिंहले हुँदै नभएको योग्यता देखाई, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा २८ वर्षसम्म जागिर खाएको, नागरिकतामा उमेर सच्याई जागिर खाएको आरोप लगाएका छन् ।

प्रहरीमा जागिर खानकै लागि डिआइजी सिंहले जारी नागरिकतामा उमेर सच्याएर गैर कानुनी तरिकाले नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएको ति निवेदकले आरोप लगाएका छन् ।

प्रहरी प्रधान कार्यालयले १७ जना डिआईजी र २४ जना एसएसपीको काज सरुवा गरेसँगै डिआईजी पदमा रहेका मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, मोहनकुमार आर्चाय आईजीपी सिंहकै ब्याजी हुन्। प्रहरी नियामावली अनुसार बढुवाको लागि कार्यसम्पादन मूल्यांकन पनि हेर्ने गरिन्छ। खाँ, उपाध्याय र आर्चायसँगै एआईजी बढुवाको प्रतिस्पर्धामा अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, बसन्तबहादुर कुँवर, टेकप्रसाद राई प्रतिपर्धामा छन्।

डीआईजीहरु अशोक सिंह, दीपक थापा, वसन्त कुँवर र टेकप्रसाद राई, श्यामलाल ज्ञवाली, किरण बज्रचार्य र मीरा चौधरी मध्येबाट पनि एक जना बढुवाको लाइनमा छन् । कार्य सम्पादनमा अब्बल मानिएका सिंह एआईजी हुँदै आईजीपीमा बढुवा हुने सम्भावना नजिकिए पछि उनलाई रोक्न अनेक प्रपन्च रच्न थालिएको उनी निकट स्रोत बताउँछ । डिआइजी सिंहले आँफ्ना सबै कागजात सक्कली भएको र आँफु पूर्ण रुपमा सक्षम र योग्य भएकाले आँफुलाई बढुवा हुनमा कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट