डढेलोले एकै व्यक्तिको दुई घर जले-Sutra News

डढेलोले एकै व्यक्तिको दुई घर जले

बिहिबार, ४ फाल्गुन २०७९

बिहिबार, ४ फाल्गुन २०७९

खोटाङ । खोटाङमा डढेलोले एकै व्यक्तिको दुई घर जलेको छ । सामुदायिक वनमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम डाँडाखर्कका बकसे बस्नेतको दुई वटा घर र एउटा गुवाली जलेको हो ।



स्थानीय आमकासुकसे सामुदायिक बनमा लागेको डढेलो घर जल्दा बस्नेतको १० लाख बराबरको क्षती भएको खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

डढेलोको आगो हावाहुरीले उडाएर छानामा पुर्‍याएपछि बुधबार साँझ घर जलेको हो । आगोले दुई घरमा भएको लत्ताकपडा, भाडावर्तन, अन्नपात, नगद एक लाख, चार तोला सुन, दुई तोला चाँदी, गुवालीमा राखिएको गाईको एउटा बाछी र एउटा १ वटा बाख्रा जलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट