कालीगण्डकीबाट लगिएको शालिग्रामबाट भारतमा नबन्ने भयो रामको मूर्ति-Sutra News

कालीगण्डकीबाट लगिएको शालिग्रामबाट भारतमा नबन्ने भयो रामको मूर्ति

बिहिबार, ४ फाल्गुन २०७९

बिहिबार, ४ फाल्गुन २०७९

काठमाडौं -म्याग्दीको बेनीस्थित कालीगण्डकीबाट लगिएको शालिग्रामबाट भारतमा रामको मूर्ति नबन्ने भउको छ । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा शन्त तथा विशेषज्ञबीचको विवादका कारण शालिग्रामबाट रामको मूर्ति नबन्ने भएको बताइएको छ ।



शन्तहरुले शालिग्रामलाई पुजिने भएकाले शालिग्राममा घन, छिना , हतौडाको प्रयोग गर्न नहुने बताएका छन् । भारतीय संचार माध्यमले जनाए अनुसार उक्त शालिग्रामलाई भारत पुर्याइएसँगै भक्तजन, सादु शान्त र विशेषज्ञबीच उक्त शालिग्रामबाट मूर्ति निर्माण गर्ने वा नगर्ने भन्ने विवाद उत्पन्न भएको थियो ।

अब अयोध्यायमा कालीगण्डकीको शालिग्राम ठाउँमा सगमर , ग्रिनाइट वा मार्वलको प्रयोग गर्न सकिने जनाइएको छ । अब यहि विवादले चर्को रुप लिएपछि नेपालको शालिग्रामबाट मूर्ति नबन्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट