ग्यास विस्फोटबाट घाइते भएका नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत भारत लगिँदै-Sutra News

ग्यास विस्फोटबाट घाइते भएका नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत भारत लगिँदै

बिहिबार, ४ फाल्गुन २०७९

बिहिबार, ४ फाल्गुन २०७९

काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ । बिहीबार दिउँसो २ बजे श्री एयरलाइन्सको विमानबाट उनलाई थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लैजान लागेको हो ।



हाल कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचाररत सांसद भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित भारत लैजान लागिएको हो । बुधबार राति खाना पकाउने सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । तर, बिहीबार बिहान उपचारकै क्रममा आमा हरिकलाको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट